साहित्यकार ढुंगेलको देश र आमा को विमोचन

बिर्तामोड , पुस १५ । साहित्यकार , गीतकार तथा मोडल भगवती ढुंगेलको चौथो कृति कविता तथा गीति संग्रह देश र आमा झापाको बिर्तामोडमा आयोजित

Read more

बुधबारे जेसीजका पूर्व अध्यक्ष भण्डारीले फरक ढंगले मनाए जन्मदिन

बुद्धशान्ति । बुधबारे जेसीजका पूर्व अध्यक्ष जेसी प्रकाश भण्डारीले अाफ्नाे जन्मदिन केही फरक ढंगले मनाएका छन् । आज शुक्रबार पर्न गएको जन्मदिनमा उनलेे बुद्धशान्तिको

Read more

प्रकाशचन्द्र न्यौपानेको कविता संग्रह ‘गमलाको पीपल’ लोकार्पित

पूर्वेली। प्रकाशचन्द्र न्यौपानेको कविता संग्रह ‘गमलाको पीपल’ कृति  लोकार्पण भएको छ । घर दलान साहित्य अभियान बुद्धशान्तिको ३३ औँ श्रृंखला तथा वार्षिकोत्सवको अवसरमा कवि न्यौपानेकै घर दलानमा यही मंसिर २७ गते शनिबारका दिन आयोजित भव्य काव्य समारोहबीच कृति लोकार्पण भएको हो ।   दिग्गज अग्रज साहित्यकार तथा शिक्षा सेवीहरुकाबीच प्रमुख अतिथि प्राज्ञ शुभद्रा भट्टराईद्वारा उक्त कृति लोकार्पण गरिएको हो ।  कमर्स विषयमा महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा प्राध्यापनरत रहेका बुद्धशान्ति गाउँपालिका वडा नं. १ निवासी कवि न्यौपानेको यो पहिलो पुस्तकाकार कृति हो । बाल्यकाल देखि नै कविता लेख्दै आएका उनको यो भर्खरै प्रकाशित कृतिमा समसामयीक विषयका ४४ वटा कविता समेटिएका छन् ।   घर दलान साहित्य अभियान बुद्धशान्तिको काव्य गोष्ठीहरुमा बाचन गरिएका अधिकांश कविताहरु नै यस कृतिमा प्रकाशित भएका र सो अभियानले आपूmलाई कृति प्रकाशन गर्न प्रेरणा प्रदान गरेको समेत कवि तथा कृतिकार न्यौपानेबाट जानकारी व्यक्त भयो ।   घर दलान साहित्य अभियानको ‘पहिलो वर्ष कवि’ प्रकाशचन्द्र न्यौपानेबाट सो अभियानमा नियमित रुपमा कविता बाचन हुने गरेका छन् र अग्रज साहित्यकारहरुका अनुसार न्यौपानेको सिर्जनाहरु उच्च कोटीका हुन्छन् । जसलाई सुन्न साहित्यप्रेमीहरु प्रतिक्षारत हुने गर्दछन् ।   गमलाको पीपल कविता कृतिमा, प्रा.डा. गोविन्दराज भट्टराई, मदन पुरस्कार बिजेता बरिष्ठ साहित्यकार कृष्ण धराबासी, कवि तथा गजलकार केशव आचार्य र शिक्षा सेवी गणेश निरौलाद्वारा भूमिका÷विचार लेखिएका छन् । कृति लोकार्पण कार्यक्रममा प्राध्यापक चुडामणि बशिष्ठद्वारा कृतिबारे समीक्षा गरिएको थियो । कृतिभित्रका रचना र उत्कृष्टताले समीक्षककै जाँच गर्र्ने बताउँदै कवि न्यौपानेका कविताहरुले मानव जगत लगायत यावत कुराहरुका अवस्था कृतिको नाम जस्तै गमलामा जकडिएको पीपलको जस्तै रहेको भाव व्यक्त भएको थियो ।   कार्यक्रममा, कृष्ण धराबासी, हेमराज अधिकारी र कवि न्यौपानेकी माता बिमलादेवी न्यौपानेबाट मन्तव्य व्यक्त भएका थिए ।   धराबासीबाट, कवि न्यौपानेका कविताहरुले आजका समयका आवाजहरु बुलन्द गरेका, गमलामा पीपल बन्धनमा परेजस्तै मानव स्वतन्त्रता र उदारता बन्धनमा परेका यथार्थता पोखेका विचार व्यक्त भएका थिए । रोचक र चोटीला कविताहरुले कवि न्यौपाने एक उत्कृष्ट प्रतिभा हुनसक्ने प्रवल सम्भावना रहेको विचार धराबासीबाट व्यक्त भए ।   अधिकारीबाट, कवि न्यौपानेका कविताहरुले मानव सभ्यता, देशको वर्तमान स्थिति र आम जनताका बारेमा स्पष्ट रुपमा बोलेका विचार व्यक्त भयो भने माता न्यौपानेबाट कवि न्यौपाने सानै देखि कविता लेख्ने र स्कुलमा कविता भनेर पुरस्कार स्वरुप बटुका आदि लिएर आउने गरेको स्मरण भएको थियो । प्रमुख अतिथि प्राज्ञ शुभद्रा भट्टराईबाट सो कृतिका रचनाबारे विचार व्यक्त भए । कवि न्यौपानेका रचनाहरु ज्यादै उत्कृष्ट, स्पष्ट र मानव सभ्यताका यथार्थता उजागर गर्न सफल रहेका, उच्च काव्यिक गुणहरुले भरिएका विचार प्राज्ञ भट्टराईबाट व्यक्त भयो । साथै, घर दलान साहित्य अभियान बुद्धशान्तिको सह्राना गर्दै प्राज्ञ भट्टराईबाट बुद्धशान्ति लगायत झापाबाट प्रस्तावना तयार गरिए आपूmले प्राज्ञ सभामा प्रमुखताका साथ पेश गर्ने र प्रस्तावना पास गराउन भूमिका निभाउने विचार व्यक्त भयो । देशमा सात प्रदेश बनाउन मिल्ने तर प्रदेशपिच्छे एकेडेमी स्थापना गर्न चाहिँ किन नमिल्ने ? भनि डटेर प्रस्ताव गर्ने समेत विचार व्यक्त भएको  थियो ।   कार्यक्रममा, कृतिका पौडेल, अस्मिता धिमाल, राजु पौड्याल, राम आचार्य, पुष्प काप्mले, वसन्त तिम्सिना, पुरुषोत्तम ढुंगेल, राजेन्द्र रिजाल, शान्ता उप्रेती, धनबहादुर श्रेष्ठ, कालीबहादुर थापा र नारायण रिजालबाट आआप्mना रोचक रचनाहरु कविता, मुक्तक, हाइकु बाचन   गरिएका थिए । लेखक स्वयम्को प्रकाशन रहेको चिटिक्क बान्कीको यो कविता कृतिको आवरण चित्र सिर्जना एकराज प्रधानको रहेको छ ।

Read more

नमूना विद्यालय विकासका लागि छनौट भएको बुद्धआदर्श रोजाईको विद्यालय बन्दै

अनिल वाग्ले, बुद्धशान्ति । आफूले इच्छाइएको विषय अध्ययन गर्न चाहने अधिकांश विद्यार्थीहरु घर छाडेर टाढा जानुपर्ने वाध्यता छ । इच्छाइएको विषय अध्ययन गर्न नपाउँदा

Read more

महामारीले रुमलिएको शैक्षिक क्षेत्र

नवराज हुमागाई कोरोना महामारी अर्थात कोभिड–१९ चीनको हुवेइ प्रान्तको बुहान शहरमा बि.स. २०७६ षौष १ गते तत् अनुसार ई.सः २०१९ डिसेम्वर १७ मा देखिएको

Read more

बुद्धशान्तिमा पहिलो पटक सामुदायिक तथा निजी विद्यालयका शिक्षकलाई तालिम

बुधबारे । बुद्धशान्तिका सामुदायिक तथा निजि बिद्यालयका शिक्षकहरुलाई बुद्धशान्ति गाउँपालिका शिक्षा शाखाले तालिम प्रदान गरेको छ । नेलटा झापाकाे प्राबिधिक सहयोगमा भएको तालिममा विभिन्न

Read more

स्वार्थको पर्दा पछाडी लुकेका कपटी कानहरु

राजेश अधिकारीकविता पर्दा पछाडी छोपिएका अदृश्य सर्जकहरुलय र शब्दको गुच्छा गुँथेर संगितान्जली अर्पिन्छन्मृदुल झन्कारहरु सांगीतिक नाङ्लोमा निफन्दैब्यथितका बेदनाहरुमा मलमपट्टी गर्छन्पर्दा पछाडी लुकेका कर्मठ बादकहरुमधुरता

Read more

प्रतिभा खोज्दै पाइथागोरस मल्टी-डाइमेसनल

दमक । विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाईरसको बिषम परिस्थितिमा विद्यार्थीहरुलाई मध्यनजर गर्दै पाइथागोरस मल्टी-डाइमेसनल सेन्टरले रचनात्मक कार्य गर्द्दै आएको छ । बिगत २ महिना

Read more

यस वर्ष एसईई परीक्षा नलिइने, आन्तरिक मूल्यांकनबाट नतिजा

काठमाडौं । यसवर्षको एसईई परीक्षा नहुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यसवर्ष कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा निकाल्ने निर्णय

Read more

घर घरमा पाठ्यपुस्तक पुर्याउँदै नवकिरण आधारभुत विद्यालय

तीर्थ तिम्सिना, बुद्धशान्ति/ कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण बन्दाबन्दीमा परेका विद्यार्थीलाई घरमा नै नयाँ पाठ्यपुस्तक उपलब्ध गराउन थालिएको छ । यो कार्य देशभरी नै

Read more