हामीले लकडाउनको कति पालना गरिरहेका छौँ ?

  • 563
    Shares

सुदर्शन खतिवडा

अहिले संसारमा मानव अस्तित्व नै संकटमा परेको छ। कोरोना भाइरसले हालसम्म विश्वमा ३४ लाख ८३ हजार ९ सय ३५ भन्दा बढी सन्क्रमित र २ लाख ४४हजार ७ सय ७३ भन्दा बढीले ज्यान गुमाइ सकेको अवस्था छ ।

संसारकै सर्बसम्पन्न भनिएको मुलुक अमेरिकाको मात्र कुरा गर्ने हो भने त्यहाँको बर्तमान अवस्था सारै भयानक रहेकोे हामी देख्न सुन्न सक्छौँ। यो अवस्थामा हाम्रो मुलुक पनि अछुतो छैन।बेलैमा लकडाउन गरेर प्रारम्भिक सतर्कतामा सरकारले सहि निर्णय गरे पनि हालको अवस्था हेर्दा श्री पशुपतीनाथ वा अन्य कुनै अलौकिक शक्तिले हामीलाई आशिर्वाद दिरहेको छ र हामी प्राय सुरक्षित नै छाैँ भन्दा फरक नपर्ला। तर यतिकै चल्ने हो भने हामी कहीलेसम्म सुरक्षित हुन्छौं भन्ने चिन्ता लाग्न थालेको छ कारण हामीले लकडाउनको कति पालना गरिरहेका छौँ ?सरकारले हाम्रो सुरक्षाका लागि के कस्ता कदम चाल्यो ?

यदि गहिरिएर हेर्ने हो भने हामी दुबै पक्ष फेल भएको अनुभुति हुन्छ मलाई। विषम परिस्थितिमा पनि यहाँ सरकार परिवर्तनको चर्चा चलिरहेको छ जुन असाध्यै निन्दनीय कुरा हो। सबै राजनीतिक शक्ति र बौद्धिक बर्ग एकजुट भई यो विषम परिस्थितिको सामना गर्नु पर्नेमा राजनीतिक अस्थिरता ल्याउन खोज्नु भनेको काम कुरो एका तिर कुम्लो बोकि ठिमी तिर भन्नु जस्तै हाे ।

अहिले देशमा तीन तहको सरकार छ । प्रदेश सरकारले उत्पादकबाट दैनिक उपभोग्य बस्तु सोझै खरिद गरि नगरपालिका, गाउँपालिका मार्फत वडा अध्यक्षको नेतृत्वमा एक सर्बपक्षिय टिम बनाइ पारदर्शी तबरले स्थानीय उपभोक्ता लाई बेच्ने हो भने बजार भन्दा केही सस्तोमा उपभोग गर्न पाउने अबस्था आउने थियो त्यसका सथै कालाे बजारी समेत घट्ने थियो। त्यसैगरि गाउँमा उत्पादित कृषि उपज पनि स्थानीय सरकारले खरिद गरि आबस्यक ठाँउमा पुर्याइ त्यहाँका बाणिज्य संघ लगायत सम्बन्धित निकायसँघ समन्वय गरी बिक्रि गर्न सके दुबै तर्फलाई सहयोग पुग्ने थियो।

खाना बिना भोकै कोहि पनि रहन सक्दैन। अब पकाउने रासन, नियमित सेबन गर्ने औषधि नै नभए पछि मान्छेहरु बाहिर निस्किने नै भए जस्ले गर्दा सङक्रमणको खतरा बढ्ने नै भयो।यदि वडामा नै सबै कुराको ब्यवस्थापन भए आवत जावत स्वत:कम भएर जान्छ।

सरकारले बजार खोल्ने समय तोकेको त छ तथापि सरकारले तोकेको समयमा कोरोना नसर्ने त हाेइन। तोकिएको नियमको पालना गर्नु सबै नागरिकको कर्तव्य हो र यो प्रकृया कम जोखिमपूर्ण भए पनि पूर्ण रुपमा सुरक्षित भने छैन र यस्का लागि सरकारले नै सेतुको काम गरी सकेसम्म स्थानीय क्षेत्रमै अनिवार्य आवश्यक बस्तु उपलब्ध गराउनु पर्छ। हामीसँग जन शक्तिको अभाब पटक्कै छैन अभाव छ त योजनाको भिजनकाे ।

देशमा लागू गरिएको लक डाउन २ प्रकारले उलंघन भईरहेको छ। पहिलो बाध्यता, जस्ले जानैपर्छ अतिआवश्यक सामग्री ल्याउनु नै पर्छ, जस्को समाधान स्थानीय स्तरमा सामाग्री उपलब्धता नै हो। अर्को रहर, केही मानिस यो वा त्यो बहानामा हिडिरहेका छन् उनीहरुलाई कारबाही नै गर्नुपर्छ।

तर कारबाहि गर्नुअघि बाध्यताले हिंड्नेको समस्या समाधान गर्नुपर्छ। अन्त्यमा सरकारले अभिभावकत्व ग्रहण गरि सबैको सुझावलाई ध्यान दिँदै योजना निर्माण गरि अघि बढ्ने हो भने “रात जतिसुकै लामो र अँध्यारो भए पनि उज्यालो अवस्य हुन्छ ।

Total Page Visits: 146 - Today Page Visits: 1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *