थप जटिल बन्दै कोरोना, आज एकैदिन विश्वमा १ हजार २ सय बढीकाे मृत्यु

आज विश्वमा १ हजार २९७ जनाको मृत्यु भएको छ भने २८ हजार ८०४ जना नयाँ संक्रमित थपिएका छन् ।

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा सबैभन्दा ठूलो स्वास्थ्य चुनौति बनेको कोरोना भाइरसको महामारी २ सय १२देशमा संक्रमण फैलिएकाे छ । महामारीका कारण विश्वमा अहिलेसम्म २ लाख ३५ हजार १२१ जनाको मृत्यु भईसकेको छ भने ३३ लाख ३३ हजार २४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १० लाख ५३ हजार ५१६ जना उपचार पछि निको भएका छन् भने विश्वमा ५० हजार ६५६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यस्तै कोरोनाको महामारीबाट अति प्रभावित देश अमेरिकामा ६३ हजार ९७२ जनाको मृत्यु भएको छ भने १० लाख ९९ हजार २७५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै ११६ जनाले ज्यान गुमाएका छन् भने आज नै त्यहाँ ४ हजार २५२ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै स्पेनमा २४ हजार ८२४ जनाको मृत्यु भएको छ भने २ लाख ३९ हजार ६३९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै २८१ जनाको मृत्यु भएको छ । त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २७ हजार ९६७ जनाको ज्यान गएको छ भने २ लाख ५ हजार ४६३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै बेलायतमा अहिलेसम्म २६हजार ७७१ जनाले ज्यान गुमाएका छन् भने १ लाख ७१ हजार २५३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण २४ हजार ३७८ जनाको मृत्यु भएको छ भने १ लाख ६७ हजार १७८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण ६ हजार ६३२ जनाको मृत्यु भएको छ भने १ लाख ६३ हजार १६२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै ९ जनाले ज्यान गुमाएका छन् भने आज नै त्यहाँ १५३ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै टर्कीमा १ लाख २० हजार २०४ जनालाई संक्रमण भएको छ भने ३ हजार १७४ जनाको मृत्यु भएको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार १६९ जनाको मृत्यु भएको छ भने १ लाख १४ हजार ४३१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै ७ हजार ९३३ जना नयाँ संक्रमित थपिएका छन् भने ९६ जनाको आजै मृत्यु भएको छ । त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६ हजार ९१ जनाको मृत्यु भएको छ भने ९५ हजार ६४६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै १ हजार ६ जना नयाँ संक्रमित थपिएका छन् भने आज नै त्यहाँ ६३ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६ हजार ६ जनाको मृत्यु भएको छ भने ८७ हजार १८७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ हजार ८०७ जना नयाँ संक्रमित आजै थपिएका छन् भने आजै त्यहाँ १०५ जनाको मृत्यु भएको छ । त्यस्तै छिमेकी देश चीनमा आज मात्रै थप १२ जना नयाँ संक्रमित पाइएको छ ।

योसँगै चीनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८२ हजार ८७४ जनालाई संक्रमण भएको छ भने ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ ।

त्यस्तै क्यानडामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार १८४ जनाको मृत्यु भएको छ भने ५३ हजार २३६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीका कारण ७ हजार ७०३ जनाको मृत्यु भएको छ भने ४९ हजार ३२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै आज मात्रै त्यहाँ ५१३ जना नयाँ संत्रलमित थपिएका छन् भने आज नै त्यहाँ १०९ जनाको मृत्यु भएको छ । त्यस्तै नेदरल्याण्ड्समा कोरोना भाइरसको महामारीका कारण ४ हजार ८९३ जनाको मृत्यु भएको छ भने ३९ हजार ७९१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै कोरोना भाइरसको महामारीका कारण ९८ जनाको ज्यान गएको छ भने आजै ४७५ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै पेरुमा १ हजार ५१ जनाको मृत्यु भएको छ भने ३६ हजार ९७६जनालाई संक्रमण भएको छ । त्यस्तै छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीका कारण १ हजार १५४ जनाको मृत्यु भएको छ भने ३५ हजार ४३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै १८० जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै स्विटजरल्याण्मा आज १२ जनाले ज्यान गुमाएका छन् ।

त्यहाँ अहिलेसम्म १ हजार ७४९ जनाको मृत्यु भएको छ भने २९ हजार ७०५ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै ११९ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै पोर्चुगलमा अहिलेसम्म १ हजार ७ जनाको मृत्यु भएको छ भने २५ हजार ३५१ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै १८ जनाको मृत्यु भएको हो भने ३०६ जना नयाँ संक्रमित आजै थपिएका छन् ।

त्यस्तै स्विडेनमा २ हजार ६५३ जनाको मृत्यु भएको छ भने २१ हजार ५२० जनालाई संक्रमण भएको छ । त्यहाँ ४२८ जना नयाँ स.क्रमित आज थपिएका छन् भने आजै ६७ जनाको मृत्यु भएको छ ।

त्यस्तै आयरल्याण्डमा कोरोना भाइरसका कारण १ हजार २३२ जनाको मृत्यु भएको छ भने २० हजार ६१२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै मेक्सिकोमा कोरोना भाइरसका कारण १ हजार ८५९ जनाको मृत्यु भएको छ भने १९ हजार २२४ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै १ हजार ४२५ जना नयाँ संक्रमित थपिएका छन् भने आजै त्यहाँ १२७ जनाको मृत्यु भएको छ ।

त्यस्तै पाकिस्तानमा कोरोना भाइरसका कारण आज मात्रै ३० जनाको ज्यान गएको छ भने आज नै त्यहाँ ९६६ जनालाई संक्रमण भएको छ ।

योसँगै पाकिस्तानमा ३९१ जनाको मृत्यु भएको छ भने १७ हजार ४३९ जनालाई संक्रमण भएको छ । यो समाचार तयार पार्दासम्म आज विश्वमा १ हजार २९७ जनाको मृत्यु भएको छ भने २८ हजार ८०४ जना नयाँ संक्रमित थपिएका छन् ।

Total Page Visits: 62 - Today Page Visits: 1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *