पूर्बेली साप्ताहिककाे अनलाइन न्यूज पूर्बेली डटकम संचालन

  • 276
    Shares

झापा । झापाबाट प्रकाशित हुँदै आएको पूर्बेली साप्ताहिकले अाजबाट अाफ्नाे अनलाइन न्यूज पूर्बेली डटकम शुरू गरेकाे छ ।

प्रबिधि र समयको मागलाई ध्यानमा राखेर अनलाइन सुरु गरिएको बुद्धशान्ती मिडिया हाउस प्रालीका अध्यक्ष चन्द कोइरालाले बताउनु भयो । सबैको साझा बनेकाे पूर्बेली अझ प्रभावकारी बन्दै अधि बढ्ने उहाँकाे भनाई छ।

मिडिया हाउसका प्रवन्धक प्रकाश भण्डारीले आज जे कुरा आवश्यक छ त्यो कुरामा जोड दिनुपर्ने भएकोमा अनलाइन आजको आवश्यकता भएको बताउनु भयो ।

मिडिया हाउस अझै प्रभावकारी बनाउन सन्जिल प्रसाईं , पत्रकार बिष्णु लामिछाने र विवेक खुलाललाई टिममा आवद्ध गरिएको अध्यक्ष कोइरालाले बताउनु भयो ।

पूर्बेली साप्ताहिकका सम्पादक अनिल वाग्लेले सूचना प्रबाह लाई छिटाे र प्रभावकारी बनाउन अनलाइन संचालन गरिएकाे जानकारी दिनुभयाे । उहाँले मिडिया जनपक्षिय रहँदै अाएकाेमा थप प्रभावकारी बनाउने प्रयास रहेको बताउनु भयो ।

पूर्बेली साप्ताहिकका सह सम्पादक तिर्थ तिम्सिनाले सबैको मायाले आफुहरुले उचाई हासिल गरिरहेको बताउनु भयाे । टिम एक भएर लाग्न सके अझै उपलब्धी हासिल हुने धारणा राख्नु भयाे ।

मिडिया हाउस अझै प्रभावकारी बनाउन टिममा आवद्ध सन्जिल प्रसाईंले अाफुहरूकाे साथ महत्त्वपूर्ण बनाउनमा केन्द्रित हुने बताउनु भयो । पत्रकार बिष्णु लामिछानेले आफुलाई टिममा समावेश गरेकाेमा खुशी लागेकाे बताउनु भयाे । यता विवेक खुलालले पनि खुशी लागेकाे प्रतिक्रिया दिनुभयो

Total Page Visits: 139 - Today Page Visits: 1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *