झापा । वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पुष्टि छ ।
वीरगञ्ज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ५१ पुगेको छ ।
यसैबीच कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु भएको छ । करिब १ हजार ८ सय जनामा भाइरसको संक्रमण देखापरेको छ ।
लण्डनबाट कोडिभ १९ उच्चस्तरीय समिति गैरआवासीय नेपाली संघका प्रेस संयोजक चिरन शर्माले जारी गरेको वक्तव्यमा शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ४९ पुगेको जनाइएको छ ।
Total Page Visits: 59 - Today Page Visits: 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?