तेह्रथुम, ४ बैशाख । तेह्रथुम फेदाप–१ कुरुवाङ टोल बस्ने ३१ बर्षीय दुर्गा तामाङको लडेर मृत्यु भएको छ । आज बिहान ७ बजे आफ्नै घर छेउमा रहेको बारी पहरामा घाँस काट्ने क्रममा अचानक चिप्लिएर ५० मिटर जती तल झरी बजारिँदा उनको घटनास्थलमै मृत्यु भएको भनि आफन्तले प्रहरीमा खबर गरेका थिए । घटनाको जानकारी पाउन साथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
Total Page Visits: 58 - Today Page Visits: 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?