श्रीकृष्ण प्रणामी मन्दिर बुद्धशान्तिको अध्यक्षमा कोइराला

  • 620
    Shares

बुधबारे । श्रीकृष्ण प्रणामी मन्दिर बुद्धशान्तिको ५२ औँ वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।

समितिका अध्यक्ष विश्वनाथ ढकालको अध्यक्षतामा वार्षिक साधारण सम्पन्न भएको हो । साधारण सभामा अध्यक्ष ढकालले प्रगति प्रतिवेदन र लेखा प्रतिवेदन समितिका सचिव लोकनाथ गौतमले प्रस्तुत गरेका थिए ।

साधारण सभामा मेहेर सागरको पाठ टीकाप्रसाद अधिकारी र स्वागत मन्तव्य समितिका उपाध्यक्ष भूमिनाथ गौतमले राखेका थिए । साधारण सभामा मन्दिरका आजीवन संरक्षक मेघनाथ ढकाल, पूर्व अध्यक्षहरू डम्बर कार्की, प्रजापति कोइराला, शीव प्रसाद भट्टराई, पदमप्रसाद पोखरेल, खगेन्द्र बराल लगायतको आतिथ्यता थियो ।

सोही दिन मन्दिर कार्य समिति, बाईजूराज संघ र युवा परिषदको चयन गरिएको छ । सम्पन्न वार्षिक साधरण सभा मार्फत मन्दिर कार्य समितिको अध्यक्षमा केदारप्रसाद कोइराला, उपाध्यक्षहरू भूमिनाथ गौतम र झलक सुबेदी, सचिवमा श्याम सापकोटा, सहसचिवमा टंक भण्डारी, कोषाध्यक्षमा मैयादेबी गजुरेल (पोखरेल) चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा दधिराम कोइराला (रोहित), केशब सापकोटा, भक्तिराम भट्टराई, सत्यनारायण अधिकारी, खीवनाथ गौतम, मुक्ती ढकाल, बाइजूराज अध्यक्ष (पदेन सदस्य), युवा परिषद अध्यक्ष (पदेन सदस्य), देवीप्रसाद अधिकारी, केवल पोखरेल, खडानन्द आचार्य, मातृका भट्टराई, माधव अधिकारी, प्रभूराम पोखरेल (चुथाई) शरद कुमार दाहाल, गोमादेवी ढकाल र मोहन कोइराला चयन भएका छन् ।

बाइजूराज संघको अध्यक्षमा गंगादेवी दाहाल र युवा परिषदको अध्यक्षमा जीवन गौतम चयन भएको नवराज कोइरालाले जानकारी दिएका छन् ।

Total Page Visits: 668 - Today Page Visits: 4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *