माधव नेपाल र भीम रावल ६ महिना निलम्बनमा

  • 3
    Shares

काठमाडौँ, १६ चैत । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवैजनाले पार्टी हित विपरीत काम गरेको आरोप लगाउँदै दुवैलाई पत्र पठाएर ६ महिनाका लागि निलम्बन गरेका हुन् ।

पार्टीले सोधेको स्पष्टिकरण चित्त नबुझ्दो भएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरेको बालुवाटार स्रोतले जनाएको छ ।

यसअघि दुवै नेतालाई पार्टी केन्द्रीय कमिटीले स्पष्टीकरण सोधेको थियो । चैत १२ गते उनीहरुले पठाएको स्पष्टिकरण चित्त नबुझ्दो भएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका छन् ।

Total Page Visits: 70 - Today Page Visits: 2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *