होलिको बिकृति हटाउन सन्देश दिदै ‘जेठाबा’ टेलीसिरियल

  • 63
    Shares

बुद्धशान्ति । नजिकिदै गरेको होलि पर्वलाई ध्यानमा राख्दै युवाहरुले जनचेतनामूलक होलि पर्व बिशेष भिडियो सार्वजनिक गर्ने भएका छन् ।

स्थानीयस्तरमा लुकेर रहेका प्रतिभालाई प्रस्फुटन गर्ने उद्धेश्यले ‘जेठाबा’ नामक टेलिसिरियल युटुब मार्फत प्रशारणमा ल्याईएको छ । उक्त भिडियो यसै युटुव च्यानल मार्फत सार्बजनिक गर्न लागिएको हो ।

झापाका विभिन्न रमणिय स्थानहरुमा सुटिङगरिएको उक्त टेलिसिरियल मार्फत वर्तमान अवस्थामा समाजमा रहेका विभिन्न बिकृति, वेतिथीहरुलाई देखाउने कोशिस गरिएको छ ।

‘आर सी मुभी’ नामक युटुव च्यानलबाट प्रशारण भएको उक्त कमिडि सिरियल मनोरञ्जनात्मक र जनचेतनामुलक रहेकाले सबैलाई एक पटक हेरिदिन सिरियलका सहकर्मी तथा कलाकार नरेन्द्र उप्रेतीले बताएका छन् ।यस पटक होलि पर्वको बिक्रितिलाई उजागर गरिएको छ ।

रेगन प्रसाईं डाईरेक्टर रहेको उक्त सिरियलमा क्यामरामा रोशन श्रेष्ठ,कथा अमर श्रेष्ठ, सहायक डाईरेक्टर चुनावसिंह योङ्याङ रहेका छन् । सिरियलमा ज्ञानु श्रेष्ठ, अञ्जली माझी, मनिषा तामाङ, सुष्मा श्रेष्ठ लगायतले अभिनय गरेको देख्न सकिन्छ ।

Total Page Visits: 352 - Today Page Visits: 8

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *