बुद्धशान्तिबाट लागु औषध सहित थप दुई पक्राउ

  • 225
    Shares

बुधबारे । झापाको बुद्धशान्तिबाट लागु औषध सहित आज थप दुई जना पक्राउ परेका छन् ।

बुद्धशान्ति ३ का बर्ष २६ का सुवास लिम्बु ५.४ ग्राम ब्राउनसुगर सहित विषेश सूचनाकाे आधारमा पक्राउ परेका हुन् भने लागू औषधको काराेबारमा संग्लन भई फरार रहेका बुद्धशान्ति ३ का सुमन धिमाल पक्राउ परेका इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख निराजन कटवालले जानकारी दिए ।

याे संगै झापाको बुद्धशान्तिमा दुई महिना यता लागु औषध सहित पक्राउ पर्नेको संख्या ८ पुगेको छ । बुद्धशान्तिमा पछिल्लो समय लागु औषध तथा दुव्र्यसनीमा धेरै युवायुवती फँसेका छन् । बुद्धशान्तिका युवतीहरु पनि लागु औषधको कुलतमा फँसेका छन् ।

आज पक्राउ परेकालाई लागु औषध ऐन २०३३ अन्तर्गत थप अनुसन्धान भईरहेको बताइएको छ ।

यसैबीच भन्सार छ्ली ल्याईदै गरिएको २ लाख ५५ हजारको कपडा प्रहरीले पक्राउ गरेको कटवालले जानकारी दिए ।

Total Page Visits: 929 - Today Page Visits: 1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *