खुशी हुने मुलुकको सूचीमा नेपाल दक्षिण एशियाकै पहिलो नम्बरमा

काठमाडौं, ७ चैत । नेपाल खुशी राष्ट्रहरुमा दक्षिण एशियाकै पहिलो बनेको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकायले तयार पारेको २०२१ को खुशी राष्ट्रहरुको सूचीमा नेपाल दक्षिण एशियाकै पहिलो बनेको हो ।

शुक्रबार जारी भएको उक्त प्रतिवेदनमा आफ्ना नागरिकहरुलाई विश्वमै सबैभन्दा धेरै खुशीमा राख्ने मुलुक फिनल्याण्ड बनेको छ । त्यस्तैगरी दोस्रोमा डेनमार्क, तेस्रोमा स्वीटजरल्याण्ड र चौथोमा आयरल्याण्ड रहेको छ ।

फिनल्याण्ड यो सँगै चौँथो पटक लगातार खुशी राष्ट्रको पहिलो नम्बरमा परेको हो । यस अघिपनि ३ पटक लगातार ऊ तेस्रो पटक खुशी राष्ट्रको पहिलो स्थानमा परेको थियो ।
यता दक्षिण एशियामा भने सबैभन्दा कम खुशी हुने मुलुक अफगानस्थान परेको छ ।

एक अर्काप्रतिको विश्वास र सरकारप्रतिको पूर्ण भरोसा कतिको छ भन्ने अध्ययनका आधारमा प्रतिवेदन निकालिएको हो । यो प्रतिवेदन झण्डै एक दशक अघिदेखि निकालिदै आएको छ ।

Total Page Visits: 73 - Today Page Visits: 1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *