भलिबल प्रतियोगिताको उपाधि वडा न.३ को पोल्टामा

  • 13
    Shares

बुद्धशान्ति । झापाको बुद्धशान्तिमा जारी प्रथम उपाध्यक्ष कप नकआउट भलिवल प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले हात पारेको छ ।

चैत्र ३ गतेवाट बुद्धशान्ति–४ स्थित बर्ने चिया कमानको खेल मैदानमा सञ्चालित प्रतियोगिताको फाइनलका खेलमा वडा नम्बर ४ (बी) लाई हराउँदै वडा न ३ ले उपाधी पोल्टामा पारेको हो ।

वेष्ट अफ फाइभ) को फाइनल खेलमा वडा न. ३ ले २५÷१९, २५÷१६ र १५÷७ को सेटमा हराउँदैं उपाधि माथि कब्जा जमाएको हो । पहिलो र दोस्रो सेट आफ्नो पक्षमा पारेको वडा न.४ (बि) ले त्यसपछि आफ्नो लय गुमाउँदा ३ न. वडाले भरपुर सदुपयोग गर्दै गुमाउन लागेको उपाधि आफ्नो पक्षमा पारेको थियो ।

फाइनल खेल अत्यन्तै रोमाञ्चक र हेर्न लायक प्रतिस्पर्धाले दर्शकलाई खुवै मनोरञ्जन दिएको थियो । फाइनल खेलको बेष्ट लिफ्टर विजेता टोलीका सुरेश दाहाल, वेष्ट ब्लकर मनोज अधिकारी, वेष्ट सटर रोशन बाँनिया, बेष्ट डिफेन्स उप–विजेता टोलीका पुजन लिम्बू र खेलको सर्वोउत्कृष्ट खेलाडीमा उप–विजेता टोलीका विपिन मोते घोषित भए । उनीहरुलाई नगद सहित प्रमाण–पत्र वितरण गरिएको छ ।

बिजेता टोलीले नगद ३० हजार रुपैयाँ सहित ट्रफि प्रमाण–पत्र प्राप्त ग¥यो भने उप–विजेता टोलीले नगद १५ हजार रुपैयाँ ट्रफि,प्रमाण–पत्रमा चित्त बुझाएको छ । विजेता तथा उप–विजेता टोलीलाई बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश कुमार भुजेल र उपाध्यक्ष मीरा भुर्तेलले वितरण गरे ।

स्थानीय स्तरका खेलाडीलाई प्रोत्साहन गरी पालिका स्तरीय टिमका लागि खेलाडी छनौट गरी एक बजबुत टोली बनाउने सो प्रतियोगिता आयोजना गरिएको हो । स्थानीय स्तरमा रहेका खेलाडीलाई प्रोत्साहन गर्न र खेलाडी छनौट गरी अन्तर पालिकामा आयोजना हुने भलिबल प्रयोगितामा सहभागी गराउने टोली बनाउने उद्देश्यले सो प्रतियोगिता आयोजना गरिएको हो । प्रथम अध्यक्ष कप नक–आउट फुटवल प्रतियोगिता २०७७ आगामी चैत्र १२ गतेवाट त्रिभुवन माविको खेल मैदानमा हुदैंछ ।

स्थानीय स्तरका खेलाडीलाई प्रोत्साहन गरी पालिका स्तरीय टिमका लागि खेलाडी छनौट गरी एक बजबुत टोली बनाउने सो प्रतियोगिता आयोजना गरिएको हो । स्थानीय स्तरमा रहेका खेलाडीलाई प्रोत्साहन गर्न र पालिका स्तरीय टिमका लागि खेलाडी छनौट गरी अन्तर पालिकामा आयोजना हुने भलिबल प्रयोगितामा सहभागी गराउने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

खेलको विजेताले नगद ३० हजार रुपैयाँ र उप–विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि, प्रमाण–पत्र प्राप्त गर्नेछन् । फाइनल खेल चेत्र ७ गते शनिवार आज १ बजेबाट हुने आयोजक समितिले जनाएको छ ।

त्यस्तै, प्रथम अध्यक्ष कप नक–आउट फुटवल प्रतियोगिता २०७७ आगामी चैत्र १२ गतेवाट त्रिभुवन माविको खेल मैदानमा हुदैंछ ।

वडा न. ३ प्रथम उपाध्यक्ष कप भलिवल प्रतियोगिताको च्याम्पियन
चैत्र÷७, शान्तिनगर । झापाको बुद्धशान्ति गाउँपालिकामा आयोजित प्रथम उपाध्यक्ष कप नकआउट भलिवल प्रतियोगिताको उपाधि वडा न. ३ ले जितेको छ ।

Total Page Visits: 89 - Today Page Visits: 1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *