बुधबारे जेसीजद्वारा युवालाई ३ दिने नेतृत्व विकास तथा उद्घोषण तालिम शुरू

  • 242
    Shares

बुद्धशान्ति । बालबालिका तथा युवाहरुको लागि व्यक्तित्व, नेतृत्व विकास तथा उद्घोषण तालिम शनिबारबाट बुद्धशान्तिमा सुरु भएको छ ।

बुधबारे जेसीजको आयोजना तथा परिवर्तनशील युवा क्लबको सहकार्यमा तालिम सन्चालन भएको छ । तीनदिन हुने तालिमकाे बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले सहजीकरण गरिरहेका छन् ।

परिवर्तन युवा क्लबका अध्यक्ष तथा बुधबारे जेसीजका उपाध्यक्ष बिनोद रिजालको संयोजकत्वमा भएको कार्यक्रममा बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्य रहेको थियो ।

परिवर्तनशील युवा क्लबका उपाध्यक्ष रबिन आचार्यले स्वागत गरेको कार्यक्रमको संचालन सचिब तीर्थ तिम्सिनाले गरेका थिए । तालिममा ३५ जना भन्दा बढीको सहभागीता रहेको थियो ।

Total Page Visits: 299 - Today Page Visits: 1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *