झापा । विर्तामोड उद्योग वाणिज्य संघको चुनावमा पछिल्लो मत परिणाम अनुसार लोकतान्त्रिक प्यानलबाट अध्यक्षको उम्मेद्वार प्रकाश शिवाकोटीले ११०७ मत प्राप्त गरेका छन् ।
उनका निकटतम् प्रतिष्पर्धी संयुक्त व्यावसायिक प्यानलका अध्यक्षका उम्मेद्वार सुवास भट्टराईले ७९३ मत प्राप्त गरेका छन् ।
यसैगरी, वरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका राजु न्यौपानेले १०८० र संयुक्त प्यानलका नारायणप्रसाद चिमरियाले ७९२ मत प्राप्त गरेका छन् ।
उद्योग उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका संजीव घिमिरेले ९८५ र संयुक्त प्यानलका प्रकाश घिमिरेले ८६५ प्राप्त गरेका छन् ।
वाणिज्य उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका राजकुमार घिमिरे (राजु)ले ११६६ र संयुक्त प्यानलका रामकृष्ण अधिकारीले ६४९ मत प्राप्त गरेका छन् ।
महासचिवमा लोकतान्त्रिक प्यानलका रविन्द्र भट्टराईले ९०६ र संयुक्त प्यानलका अर्जुनकुमार मैनालीले ९१३ मत प्राप्त गरेका छन् ।
उद्योग सचिवमा लोकतान्त्रिक प्यानलका कुशल खतिवडाले १३०६ र संयुक्त प्यानलका धनबहादुर डाँगीले ५२१ मत प्राप्त गरेका छन् ।
वाणिज्य सचिवमा संयुक्त प्यानलका कृष्ण पौडेलले ९९२ मत प्राप्त लगरी अग्रता लिएका छन् भने उनका निकटतम् प्रतिष्पर्धी लोकतान्त्रिक प्यानलका राजकुमार शाह (राजश्री)ले ८४३ मत प्राप्त गरेका छन् ।
कोषाध्यक्षमा लोकतान्त्रिक प्यानलका दिपेन्द्र राउतले १०९७ र संयुक्त प्यानलका दुर्गाप्रसाद थपलियाले ७४३ मत प्राप्त गरेका छन् । महिलातर्फको आरक्षित सहकोषाध्यक्षमा लोकतान्त्रिक प्यानलकी राधिका चुडाल हुमागाईले १००० र रञ्जु प्याकुरेलले ८१९ मत प्राप्त गरेकी छन् ।
निर्वाचनमा ४५३९ मतदाता रहेकाेमा ३८४९ मत मात्र खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
I seriously love your site.. Pleasant colors &
theme. Did you create this site yourself? Please reply back as I’m looking to
create my own ppersonal blog and would like to find out where
you got this from or just what the theme is called.
Apprecate it!