विर्तामोड उद्योग वाणिज्य संघकाे चुनाव : प्रकाश अगाडि

झापा, १७ फागुन । विर्तामोड उद्योग वाणिज्य संघको आइतावर भएको चुनावमा लोकतान्त्रिक प्यानल अगाडि देेेखिएकाेे छ । विहान १०ः३० बजेसम्मको मतगणना अनुसार लोकतान्त्रिक प्यानलबाट अध्यक्षको उम्मेद्वार प्रकाश शिवाकोटीले ८६० मत प्राप्त गरेका छन् ।

उनका निकटतम् प्रतिष्पर्धी संयुक्त व्यावसायिक प्यानलका अध्यक्षका उम्मेद्वार सुवास भट्टराईले ५८१ मत प्राप्त गरेका छन् ।

यसैगरी, वरिष्ठ उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका राजु न्यौपानेले ८३१ र संयुक्त प्यानलका नारायणप्रसाद चिमरियाले ५८५ मत प्राप्त गरेका छन् । उद्योग उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका संजीव घिमिरेले ७६५ र संयुक्त प्यानलका प्रकाश घिमिरेले ६३९ प्राप्त गरेका छन् ।

वाणिज्य उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका राजकुमार घिमिरे (राजु)ले ८९७ र संयुक्त प्यानलका रामकृष्ण अधिकारीले ४७६ मत प्राप्त गरेका छन् ।

महासचिवमा लोकतान्त्रिक प्यानलका रविन्द्र भट्टराईले ७१४ र संयुक्त प्यानलका अर्जुनकुमार मैनालीले ६८१ मत प्राप्त गरेका छन् ।

उद्योग सचिवमा लोकतान्त्रिक प्यानलका कुशल खतिवडाले १००३ र संयुक्त प्यानलका धनबहादुर डाँगीले ३८२ मत प्राप्त गरेका छन् ।

वाणिज्य सचिवमा संयुक्त प्यानलका कृष्ण पौडेलले ७२० मत प्राप्त लगरी अग्रता लिएका छन् भने उनका निकटतम् प्रतिष्पर्धी लोकतान्त्रिक प्यानलका राजकुमार शाह (राजश्री)ले ६९३ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा लोकतान्त्रिक प्यानलका दिपेन्द्र राउतले ८५१ र संयुक्त प्यानलका दुर्गाप्रसाद खतिवडाले ५४४ मत प्राप्त गरेका छन् ।

महिलातर्फको आरक्षित सहकोषाध्यक्षमा लोकतान्त्रिक प्यानलकी राधिका चुडाल हुमागाईले ७६६ र रञ्जु प्याकुरेलले ६१४ मत प्राप्त गरेकी छन् ।

Total Page Visits: 282 - Today Page Visits: 10

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *