घायलकाे ‘रिभेन्ज’ चलचित्रमा खगेन्द्र खराेकाे अभिनय

झापा ।। नेपाली कथानक चलचित्र रिभेन्जकाे पूर्वमा धमाधम छायांकन भइरहेको छ ।

डिएस डिजिटल सिनेमाकाे प्रस्तुतिमा बन्न लागेकाे चलचित्र माेरङकाे तरहराका विभिन्न क्षेत्रमा छायांकन हुदै छ । शंकर अधिकारी घायलकाे लेखन तथा निर्देशन रहेको फिल्ममा नेपाल बाट बिदेश मा बेचिएका चेलिबेटीहरुकाे कथालाई समेट्न खाेजिएकाे निर्देशन घायलले बताए ।

नेपालमै पहिलो पटक साउथ मुभिकाे झल्काे दिने गरि चलचित्र पर्दामा ल्याउँने तयारी रहेको बताए । चलचित्रमा कलाकार रविन श्री ,गंगा कुवर ,राेशन बिसी पुष्पराज नेपाल,संचारकर्मी खगेन्द्र घिमिरे ,अमन देव,पदम सुनार ,प्रतिका शर्मा,अार जे भिलेन सरु बराल,रेनु थापा,विशाल अग्रवाल,दिव्य बिटि सुस्मिता पाण्डे ,अम्विका खड्का रहेका छन् ।

कृष्ण पाण्डे काे छायांकन ,देव महर्जनकाे द्वन्द्व ,राम महर्जनकाे नृत्य रहेको चलचित्र जेष्ठ काे द्राेसाे साता दर्शक माझ हलमा प्रस्तुत गरिने बताएको छ । यस चलचित्रले दर्शककाे मन जित्न सफल हुने निर्माण टिमले विश्वास लिएको छ ।

Total Page Visits: 89 - Today Page Visits: 1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *