रहेनन् झापाका पुराना डाक्टर शङ्करप्रसाद उप्रेती

काठमाडौं । झापाका पुराना डाक्टर शङ्करप्रसाद उप्रेतीको निधन भएकाे छ।

प्रसुति तथा स्त्री रोग विशेषज्ञ शङ्करप्रसाद उप्रेतीको ८४ वर्षको उमेरमा शनिबार राति निधन भएको छ । प्रसुति क्षेत्रमा उप्रेती झापाका पुराना तथा प्रख्यात डाक्टरका रूपमा चिनिएको नाम हो ।

२०१७ सालमा भारतबाट एमबीबीएस गरेका उप्रेतीले त्यसयताका करिब साढे पाँच दशक उनले झापामै रहेर बिरामीको सेवा गरेका थिए ।

उप्रेतीको जन्म तेह्रथुम जिल्लामा भएको थियो । उनको ०७२ सालमा ‘जीवन एक सपना´ नाम संस्मरणत्मक कृति समेत प्रकाशित छ ।

Total Page Visits: 119 - Today Page Visits: 2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *