नेपालको पहिलो महिला प्रधानपञ्च भागिरथा न्यौपानेको नाममा बुद्धशान्तिमा अस्पताल बन्ने

  • 276
    Shares

बुधबारे । नेपालको पहिलो महिला प्रधानपञ्च भागिरथा न्यौपानेको नाममा झापाको बुद्धशान्तिमा अस्पताल बन्ने भएको छ ।

भागिरथा बुद्धशान्ति अस्पतालका लागि बुद्धशान्ति गाउँपालिकालाई निशुल्क जग्गा प्राप्त भएको हो । स्थानीय न्यौपाने परिवारले अस्पताल निर्माण गर्न गाउँपालिकालाई १५ कठ्ठा जग्गा प्रदान गरेको छ ।

भागिरथा बुद्धशान्ति अस्पतालका लागि बुद्धशान्ति–३ निवासी हरि प्र.न्यौपाने÷गंगादेबी न्यौपाने र कुल प्र. न्यौपाने ÷स्व.लक्ष्मी देबी न्यौपाने ÷ भगवती शर्मा खतिवडा न्यौपाने र सुभाष न्यौपाने, संतोष न्यौपाने, संजिव न्यौपाने सहित समस्त न्यौपाने परिवारबाट गाउँपालिकालाई अस्पताल निर्माण गर्न निशुल्क जग्गा प्राप्त भएको हो ।

साविक बुधबारे ९ ख (हाल बुद्धशान्ति (३) को कि.नं.९७३० र ९७५३ बाट पन्ध्र कठ्ठा जग्गा स्व. भागिरथा न्यौपानेको स्मृतिमा निशुल्क प्राप्त भएको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बताएका छन् । अस्पतालको निर्माण कार्य चाँडै सुरु हुने गाउँपालिका उपाध्यक्ष मिरा भूर्तेलले बताएकी छिन् ।

Total Page Visits: 467 - Today Page Visits: 3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *