सहिद राम प्रधान सडक कालोपत्रे हुँदै

  • 286
    Shares

बुद्धशान्ति, फागुन ७ । बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर १ को जयपुर भोटेटार सडक खण्डको सहिद राम प्रधानको शालिक देखि दक्षिणमा देउरालीसम्मको १ हजार २ सय मिटर सडक कालोपत्रे हुने भएको छ ।

गाउँपालिकाले १ करोड २० लाखको विनियोजित रकमबाट ठेक्का खोलेकोमा ७८ लाखको लागतमा सम्झौता गरी अनुपमा कन्सट्रक्सन मेचीनगर झापाले सो सडक खण्ड कालोपत्रे गर्ने सम्झौता गरेको हो । आज अनुपमा कन्सट्रक्सनले सो क्षेत्रमा कालोपत्रे गर्ने कार्य सुभारम्भ गरेको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले बताएका छन् ।

गाउँपालिकाको बजेटमा ठेक्का लागेर काम सुरुभएको यस सडकबाट धेरैले फाइदा लिने भएको हुँदा आपूmहरुलाई पनि गौरवलागेको बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष मिरा भूर्तेलले बताईन् ।

त्यस्तै बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागार्ईले काम सम्पन्न गर्ने सम्झौता आगामी असार सम्म भएपनि बैशाख सम्ममा कार्यसम्पन्न हुने गरी गाउँपालिका अघि बढेको बताए । उनले सहिद रामप्रधान मार्गको पुलचोक– भोटेटार , भोटेटार–जयपुरसम्मको सडक आगामी आर्थिक वर्षमा कालोपत्रे सम्पन्न गर्ने गरी गाउँपालिका लागेको बताए ।

त्यस्तै बुद्धशान्ति १ का वडाध्यक्ष भीमकुमार नेवारले रामप्रधान मार्गलाई शान्तिपुर हुँदै तीनघेरेसम्म जोड्नेगरी गाउँपालिकाकै बजेटबाट कार्य अगाडि बढाएको बताए । उनले सहिद रामप्रधानको स्मारक यही रहेको र विकासको गतिले भोटेटार धेरै अघि देखि पछि परेको हुँदा यसलाई प्राथमिकतामा राखेर कार्य अगाडी बढाइएको बताए । ६ मिटर चौडा हुनेगरी कालोपत्रेको कार्य अघि बढेपछि स्थानीयमा खुसी छाएको छ ।

Total Page Visits: 320 - Today Page Visits: 1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *