एनएमसीको इकाई परिषद भेला बिर्तामोडमा सम्पन्न

  • 8
    Shares

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले पाँचौं इकाई परिषद सोमवार बिर्तामोडमा सम्पन्न गरेको छ ।

९५ हजार ५ सय ७६ जना शेयर सदस्य रहेको संस्थाले माघ २२ गते सवै इकाई परिषद सम्पन्न गर्ने संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले जानकारी दिए । उनले संस्थाले पुस मसान्तसम्म ६ महिनाको अवधिमा १२ करोड ४७ लाख ६३ हजार ४ सय ३९ रुपैयाँ नाफा गर्न सफल भएको संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै बताए ।

अध्यक्ष उप्रेतीले प्रस्तुत गरेको प्रतिवेदन अनुसार संस्थाको चुक्ता शेयरपुँजी १ अर्व ३ करोड ३६ लाख ८४ हजार ७ सय रुपैयाँ पुगेको छ । संस्थाले बैकिङ कारोवार, एनएमसी डेरी उद्योग, एनएमसी एकिकृत नमूना कृषि फर्म, एनएमसी सहकारी पसल र एनएमसी चिया उद्योगसहित ५ वटा व्यवसाय सञ्चालनमा ल्याएको अध्यक्ष उप्रेतीद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा महानन्द चौक इकाईलाई सम्मान गरिएको थियो । संस्थाका क्षेत्रिय संयोजक डम्वरकहादुर बस्नेतको अध्यक्षतामा भएको कार्याक्रम प्रदेश १ का सहकारी रजिस्टार वलराम निरौलाको प्रमुख आतिथ्यता रहेको थियो । स्वागत संस्थाकी बिर्तामोड कार्यालय उपसमिति संयोजक शान्ता रोक्काले गरेको कार्यक्रममा बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटी वडा नं. ४ का कुलप्रसाद संग्रौलालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन क्षेत्रिय कार्यालय बिर्तामोडका कार्यालय प्रमुख होमनाथ मैनालीले गरेका थिए ।

Total Page Visits: 230 - Today Page Visits: 6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *