सेवामा सरगम संगीतालय बिर्तामोड

बिर्तामोड । जाडोको समयमा कष्टकर जीवन विताउँदै आएका बिर्तामोड –६ स्यालडाँगीका वालवालिका र वृद्धवृद्धालाई न्यानो कपडा र जुत्ता वितरण गरिएको छ ।

सरगम संगीतालय बिर्तामोडको आयोजनामा २३ जना वालवालिकालाई ज्याकेट, तथा २५ जना वृद्धवृद्धालाई जुत्ता वितरण गरिएको हो ।

साहित्यकार तथा मोडल भगवति ढुंगेलको अध्यक्षता तथा बिर्तामोड –६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिर्तामोड –६ का वडासदस्य एनबिन्द्र खत्रीले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा बिर्तामोड –६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, वडासदस्य एनबिन्द्र खत्री, साहित्यकार भगवति ढुंगेल, मोडल जनक खड्का, समाजसेवी अम्बिका घिमिरे ,सीता कुँवर उप्रेतीलगायतले वालवालिका र वृद्धवृद्धालाई न्यानो कपडा र जुत्ता वितरण गरेका थिए ।

जाडोले कठ्याङ्ग्रिएर बाँच्न विवश बालबालिका र वृद्धवृद्धा न्यानो कपडा र जुत्ता प्राप्त गर्दा हर्षले गद्गद् भएका थिए ।
साहित्यकार भगवति ढुंगेल, मोडल जनक खड्का, समाजसेवी अम्बिका घिमिरे ,सीता कुँवर उप्रेतीलगायतले उक्त सामग्रीका लागि आर्थिक सहयोग गरेको वताइएको छ ।

कार्यक्रमको सञ्चालन सरगम संगीतालय बिर्तामोडका प्रवन्ध निर्देशक दिपक रायमाझीले गरेका थिए ।

Total Page Visits: 191 - Today Page Visits: 1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *