बुद्धशान्ति । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ प्रदेश नम्बर १ को आयोजना महिलाहरुलाई फेसन डिजाईन सम्बन्धि ७ दिने तालिमको उद्घाटन गरिएको छ ।
नेपाल कपडा तथा सिलाई व्यवसायी बुद्धशान्तिको सहयोगमा भएको तालिमको उद्घाटन बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष मीरा भुर्तेलले गरेकी छिन् । उनले उद्घाटन गर्दे महिलाहरुलाई यस्तो सीपमूलक कार्यमा सहयोग गर्ने संस्थालाई धन्यवाद दिदैं आउँदो दिनमा महिलावर्गका लागि गाउँपालिकाले समेत बिभिन्न कार्यक्रम ल्याउने बताएकी छिन् ।
उनले ७ दिने फेसन डिजाईनमा सिकेको सीपलाई व्यवहारमा उतार्दे व्यवसायी बन्न उपस्थित सम्पूर्ण महिलाहरुलाई आग्रह समेत गरेकी थिईन ।
बुद्धशान्ति गाउँपालिकाका सातै वटा वडाका करिव ३५ जना महिलाहरुको सहभागी रहने तालिममा फेसन डिजाईनमा सीटिईभीटिबाट मान्यता प्राप्त तथा ८ बर्ष अनुभवी नेपालगञ्जबाट आएकी यमूना रोकायले सहजीकरण गर्ने छिन् ।
नेपाल कपडा तथा सिलाई व्यवसायी बुद्धशान्तिकी संयोजक तारा अधिकारीको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष मीरा भुर्तेलको प्रमुख आतिथ्यता, नेपाल कपडा तथा सिलाई व्यवसायी संघ प्रदेश नम्बर १ का अध्यक्ष दिलिप सुन्दास लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन भने आसिस बर्देवाले गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
I like it when individuals come together and share thoughts.
Great blog, stick with it!