बुद्धशान्ति (झापा) । बढदो आधुनिकता संगै जन्मदिनलाई तडकभडक एवम खर्चिलो गरि मनाउने क्रम बढिरहेको बेला झापा मेचीनगर नगरपालिका – १२ मा रहेको बिचार चौतारी युवा क्लबले आफ्नो संस्थाको स्थापना दिवस फरक तरिकाले मनाएको छ ।
संस्थाको स्थापना दिवस तथा संस्थाका सदस्य उत्सव भट्टराई र उमेश खतिवडाको जन्मोत्सवको अवसर पारेर मेचीनगर – ९ मागुरमाडीमा रहेको स्वबोध साधना केन्द्र अनाथ, असाहाय आस्रित बाल आश्रमका बालबालिकाहरुलाई खिचडी खुवाईएको छ ।
पौष १५ अर्थात खिचडी दिवस समेत परेकाले बाल आश्रममा आश्रित बालबालिका संग संस्थाको स्थापना दिवस तथा सदस्यको जन्मदिन मनाएको हो ।
स्वबोध साधना केन्द्र अनाथ, असाहाय आस्रित बाल आश्रमका अध्यक्ष बालकृष्ण थपलियाले यस्तै सहयोगी मनहरुबाट आश्रम चलेकोले आश्रित बालबच्चाको सुदुर भविष्यका लागि सानो भएपनि यस्ता खालका सहयोगले ठुलो टेवा पुग्ने बताए । उनले जन्मदिन हरेकको आँउछ र हरेकले मनाउँछ तर जब यस्ता सामाजिक कार्यले धेरैका मनहरु रमाउछ अनि जन्मदिन जन्मोत्सब हुन्छ भन्दै युवा पुस्तालाई आफ्नो समाज प्रतिको उत्तरदायित्व नभुल्न आग्रह गरेका छन् ।

क्लबका अध्यक्ष हरिकृष्ण भन्डारीको सभापतित्व तथा आश्रमका अध्यक्ष बालकृष्ण थपलियाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा क्लबकि उपाध्यक्ष शिक्षा घिमिरेले कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै स्वागत गरेकी थिईन भने सन्चालन आश्रमका श्याम दनुवारले गरेका थिए ।
कार्यक्रममा पत्रकार तीर्थ तिम्सिना, बाल आश्रमका पुर्ब अध्यक्ष खड्ग भेट्वाल, उपाध्यक्ष गङराम भट्टराई, सचिव केदारनाथ भट्टराई, क्लबका महासचिव उमेश खतिवडा, सदस्री क्षितिज प्रसाईं, सन्देश खतिवडा, दिपक रिजाल, कोपिला भट्टराई, रविन बस्नेत, प्रज्वल पौडेल लगायतको उपस्थित रहेको थियो ।
२०५६ सालमा स्तापित बाल आश्रममा हाल जम्मा १५ जना बालबालिकाहरु आश्रित रहेका छन् । उनीहरुको खानपान, बसोबास तथा रेखदेख सो संस्थामै हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?