आफूलाई फँसाईएको शाहको भनाई, हस्ताक्षर किर्ते रहेको दाबी

  • 15
    Shares

चन्द्रगढी । इलाका प्रसासन कार्यालय गौरीगञ्जका प्रमुख धनञ्जय शाहले जिल्ला अदालत झापामा वयान दिएका छन् ।

किर्ते नागरिकता बनाउन सिफारिस गरेको भन्दै हिजो राति ७ बजे जिल्ला प्रहरी कार्यालयबाट आएको टोलीले उनी सहित तीनजनालाई पक्राउ गरेको थियो ।पक्राउ पर्नेमा इलाका प्रसासन कार्यालय प्रमुख धनञ्जय शाह, कार्यालय सहयोगी आसिर आलम र बिचौलिया कृष्ण तिम्सिना रहेका छन् ।

सोधपुछका लागि लगिएका शाहले जिल्ला अदालतमा आईतबार दिउँसो ठीक ३ बजेर ३६ मिनेटमा वयान दिएका छन् । उनले बयान दिँदै आफू दोषी नभएको र आफूलाई फसाईएको बताए । उनले कार्यलयकै काम गर्ने कार्यालय सहयोगी आसिर आलमले कम्प्यूटरमा आफैले किर्ते कागज बनाई हस्ताक्षर समेत अलाम आफैले गरेको बयान अदालत समक्ष दिए । उनले आफ्नो हस्ताक्षर पनि किर्ते गरिएको जिकिर गरे ।

यता कार्यालय सहयोगी रहेका आसिर आलमले आफू प्रलोभनमा परि किर्ते काम गरेको स्वीकार गरे ।

त्यस्तै प्रकाउ परेका कृष्ण तिम्सिनाले कार्यालय सहयोगी आलमले सो कार्य गर्न लगाएको वयान दिएका छन् । प्रकाउ परेका तिम्सिना वार्ड कार्यालयमा विगत केही समयदेखि विचौलियाको काम गर्दै आएका थिए ।

नक्कली नागरिकता प्रकरणमा प्रकाउ परेका तीनैजनाको अनुसन्धान चलिरहेको छ ।

Total Page Visits: 228 - Today Page Visits: 1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *