काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमितको संख्या आठ करोड ६ लाख ७१ हजार ७६९ पुगेको छ।
पछिल्लो २४ घण्टामा चार लाख २९ हजार ७६९ कोरोना संक्रमित थपिएका हुन्।
विश्वमा हालसम्म १७ लाख ६४ हजार १६७ संक्रमितको मृत्यु भइसकेको वर्ल्डोमिटर्सले जनाएको छ।
पछिल्लो २४ घण्टामा सात हजार ५९ जनाको मृत्यु भएको हो।
यस्तै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या दुई करोड २० लाख २१ हजार ७९८ छ। त्यसमध्ये एक लाख पाँच हजार ६२२ गम्भीर अवस्थाका छन्।
यस्तै संक्रमणमुक्त हुनेको संख्या पाँच करोड ६८ लाख ८५ हजार ८०४ पुगेको छ।
Total Page Visits: 57 - Today Page Visits: 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?