राष्ट्रपतिद्वारा संसद विघटन, बैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन हुने

  • 6
    Shares

काठमाण्डौं / राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छिन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आज आइतबार दिउँसो संसद विघटन गरेकी हुन्। राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी दिएको छ। साथै निर्वाचन आगामी बैशाखमा २ चरणमा हुने पनि विज्ञप्तीमा उल्लेख छ । प्रतिनिधिसभाको निर्वाचन बैशाख १७ गते पहिलो चरणमा र बैशाख २७ गते दोस्रो चरणमा गर्ने उल्लेख छ । यसअघि आज बिहान आकस्मिक मन्त्रीपरिषद बैठकले संसद विघटनको सिफारिश गर्ने निर्णय गरेको थियो ।

‘संविधानको धारा ७६ को उपधारा ९१० र ९७० तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनता समक्ष जान मिति २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी मिति २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नु भएको छ,’ राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ।

Total Page Visits: 158 - Today Page Visits: 1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *