प्रकाशचन्द्र न्यौपानेको कविता संग्रह ‘गमलाको पीपल’ लोकार्पित

पूर्वेली। प्रकाशचन्द्र न्यौपानेको कविता संग्रह ‘गमलाको पीपल’ कृति  लोकार्पण भएको छ । घर दलान साहित्य अभियान बुद्धशान्तिको ३३ औँ श्रृंखला तथा वार्षिकोत्सवको अवसरमा कवि न्यौपानेकै घर दलानमा यही मंसिर २७ गते शनिबारका दिन आयोजित भव्य काव्य समारोहबीच कृति लोकार्पण भएको हो ।

  दिग्गज अग्रज साहित्यकार तथा शिक्षा सेवीहरुकाबीच प्रमुख अतिथि प्राज्ञ शुभद्रा भट्टराईद्वारा उक्त कृति लोकार्पण गरिएको हो ।

 कमर्स विषयमा महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा प्राध्यापनरत रहेका बुद्धशान्ति गाउँपालिका वडा नं. १ निवासी कवि न्यौपानेको यो पहिलो पुस्तकाकार कृति हो । बाल्यकाल देखि नै कविता लेख्दै आएका उनको यो भर्खरै प्रकाशित कृतिमा समसामयीक विषयका ४४ वटा कविता समेटिएका छन् ।

  घर दलान साहित्य अभियान बुद्धशान्तिको काव्य गोष्ठीहरुमा बाचन गरिएका अधिकांश कविताहरु नै यस कृतिमा प्रकाशित भएका र सो अभियानले आपूmलाई कृति प्रकाशन गर्न प्रेरणा प्रदान गरेको समेत कवि तथा कृतिकार न्यौपानेबाट जानकारी व्यक्त भयो ।

  घर दलान साहित्य अभियानको ‘पहिलो वर्ष कवि’ प्रकाशचन्द्र न्यौपानेबाट सो अभियानमा नियमित रुपमा कविता बाचन हुने गरेका छन् र अग्रज साहित्यकारहरुका अनुसार न्यौपानेको सिर्जनाहरु उच्च कोटीका हुन्छन् । जसलाई सुन्न साहित्यप्रेमीहरु प्रतिक्षारत हुने गर्दछन् ।

  गमलाको पीपल कविता कृतिमा, प्रा.डा. गोविन्दराज भट्टराई, मदन पुरस्कार बिजेता बरिष्ठ साहित्यकार कृष्ण धराबासी, कवि तथा गजलकार केशव आचार्य र शिक्षा सेवी गणेश निरौलाद्वारा भूमिका÷विचार लेखिएका छन् । कृति लोकार्पण कार्यक्रममा प्राध्यापक चुडामणि बशिष्ठद्वारा कृतिबारे समीक्षा गरिएको थियो । कृतिभित्रका रचना र उत्कृष्टताले समीक्षककै जाँच गर्र्ने बताउँदै कवि न्यौपानेका कविताहरुले मानव जगत लगायत यावत कुराहरुका अवस्था कृतिको नाम जस्तै गमलामा जकडिएको पीपलको जस्तै रहेको भाव व्यक्त भएको थियो ।

  कार्यक्रममा, कृष्ण धराबासी, हेमराज अधिकारी र कवि न्यौपानेकी माता बिमलादेवी न्यौपानेबाट मन्तव्य व्यक्त भएका थिए ।

  धराबासीबाट, कवि न्यौपानेका कविताहरुले आजका समयका आवाजहरु बुलन्द गरेका, गमलामा पीपल बन्धनमा परेजस्तै मानव स्वतन्त्रता र उदारता बन्धनमा परेका यथार्थता पोखेका विचार व्यक्त भएका थिए । रोचक र चोटीला कविताहरुले कवि न्यौपाने एक उत्कृष्ट प्रतिभा हुनसक्ने प्रवल सम्भावना रहेको विचार धराबासीबाट व्यक्त भए ।

  अधिकारीबाट, कवि न्यौपानेका कविताहरुले मानव सभ्यता, देशको वर्तमान स्थिति र आम जनताका बारेमा स्पष्ट रुपमा बोलेका विचार व्यक्त भयो भने माता न्यौपानेबाट कवि न्यौपाने सानै देखि कविता लेख्ने र स्कुलमा कविता भनेर पुरस्कार स्वरुप बटुका आदि लिएर आउने गरेको स्मरण भएको थियो । प्रमुख अतिथि प्राज्ञ शुभद्रा भट्टराईबाट सो कृतिका रचनाबारे विचार व्यक्त भए । कवि न्यौपानेका रचनाहरु ज्यादै उत्कृष्ट, स्पष्ट र मानव सभ्यताका यथार्थता उजागर गर्न सफल रहेका, उच्च काव्यिक गुणहरुले भरिएका विचार प्राज्ञ भट्टराईबाट व्यक्त भयो । साथै, घर दलान साहित्य अभियान बुद्धशान्तिको सह्राना गर्दै प्राज्ञ भट्टराईबाट बुद्धशान्ति लगायत झापाबाट प्रस्तावना तयार गरिए आपूmले प्राज्ञ सभामा प्रमुखताका साथ पेश गर्ने र प्रस्तावना पास गराउन भूमिका निभाउने विचार व्यक्त भयो । देशमा सात प्रदेश बनाउन मिल्ने तर प्रदेशपिच्छे एकेडेमी स्थापना गर्न चाहिँ किन नमिल्ने ? भनि डटेर प्रस्ताव गर्ने समेत विचार व्यक्त भएको  थियो ।

  कार्यक्रममा, कृतिका पौडेल, अस्मिता धिमाल, राजु पौड्याल, राम आचार्य, पुष्प काप्mले, वसन्त तिम्सिना, पुरुषोत्तम ढुंगेल, राजेन्द्र रिजाल, शान्ता उप्रेती, धनबहादुर श्रेष्ठ, कालीबहादुर थापा र नारायण रिजालबाट आआप्mना रोचक रचनाहरु कविता, मुक्तक, हाइकु बाचन   गरिएका थिए । लेखक स्वयम्को प्रकाशन रहेको चिटिक्क बान्कीको यो कविता कृतिको आवरण चित्र सिर्जना एकराज प्रधानको रहेको छ ।

Total Page Visits: 112 - Today Page Visits: 2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *