पूर्वेली । झापाको बुद्धशान्तिको बुधबारे बजारमा रहेको बुद्धशान्ति मार्टले ग्राहकका लागि आयोजना गरेको उपहार उत्सव कार्यक्रममा बुद्धशान्ति–३ का अभियान भट्टराईले बम्पर उपहार पाएका छन् ।
बम्पर उपहार स्वरुप उनले यामाहाकाे फेसिनाे स्कुटी पाएका हुन् । त्यस्तै दशैं, तिहार र छठ पर्वमा सामान खरीद गर्ने ग्राहक मध्येबाट मुकेश ओलीले पहिलो पुरस्कार फ्रिज पाएका छन् ।
२०७५ सालमा बुधबारे बजारमा १ करोड मुल्यको लागतमा सञ्चालनमा आएको बुद्धशान्ति मार्ट प्रालिले सर्वसुलभ मुल्यमा एउटै छानामुनी सम्पूर्ण आवश्यक सामग्री उपलब्ध गराउँदै आएको छ । सो मार्टका सञ्चालकमा प्रेम दंगाल, अशोक दंगाल, राजीव पाण्डे र अनुप विश्वकर्मा रहेका छन् ।
शुक्रबार आयोजित उपहार उत्सव कार्यक्रमको सभापति सञ्चालक प्रेम दंगाल रहेका थिएभने प्रमुख अतिथिमा बुद्धशान्ति–३ का वडाध्यक्ष कमल उप्रेती रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि उप्रेतीले स्थानीय क्षेत्रमा युवाहरुले सञ्चालनमा ल्याएको मार्टका प्रगतिको शुभकामना व्यक्त गरे भने विशिष्ट अतिथि उद्योग वाणिज्य संघ बुद्धशान्तिका अध्यक्ष रुद्र चापागाईंले मार्ट सञ्चालन गर्नेलाई धन्यवाद दिएका थिए । सञ्चारकर्मी अनिल वाग्लेले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य सञ्चालक राजीव पाण्डेले राखेका थिए ।
कार्यक्रममा बुद्धशान्ति–७ का वडाध्यक्ष मात्रृका पौड्याल, बुद्धशान्ति गाउँकार्यपालिका सदस्य भगवति न्यौपाने, उद्योग वाणिज्य संघ बुद्धशान्तिका पूर्व अध्यक्ष गोविन्द पौड्याल, यामाहा सोरुम बुधबारेका संचालक धरणी पोख्रेेल, युवा व्यवसायी नारायण न्यौपाने, पत्रकार तीर्थ तिम्सिना, रोशन भट्टराई लगायतको आतिथ्यता थियो । बुद्धशान्ति मार्टले आगामी दिनमा ग्राहकका लागि थप नयाँ कार्यक्रम ल्याउने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?