नेपालमा थपिए १७९० कोरोना संक्रमित, थप २४ जनाको मृत्यु

  • 5
    Shares

काठमाडौं । नेपालमा विगत २४ घण्टामा १ हजार ७ सय ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ८ सय ४३ पीसीआर नमुना परीक्षण गर्दा एक हजार ६९ पुरुष र ७ सय २१ महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।

काठमाडौं उपत्यकामा थप ९ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ६ सय ९२, ललितपुरमा १ सय ९० र भक्तपुरमा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मंगलबार सबैभन्दा धेरै बागमती प्रदेशमा १ हजार १ हजार ७८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । त्यसैगरी प्रदेश १ मा २ सय ४९, प्रदेश २ मा ३७, गण्डकी प्रदेशमा १ सय ४८, लुम्बिनी प्रदेशमा १ सय ८९, कर्णालीमा १३ र सुदूरपश्चिम प्रदेशमा ७६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय ५९ रहेको छ । तीमध्ये ११ हजार ३ सय ४१ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ६ हजार ५ सय १८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संक्रमित मध्ये ३ सय ९३ जना आईसीयु र ५७ जना भेन्टिलेटरमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ३ हजार ४३ जना कोरोनामुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ४ हजार ८ सय ५८ पुगेको छ । कोरोना संक्रमणमुक्त हुनेको संख्या ९१ प्रतिशत रहेको छ । कोरोना भाइरस संक्रमण पहिचानका लागि हालसम्म १६ लाख ८१ हजार २ सय ९९ वटा नमुना पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

अहिले देशभरका क्वारेन्टिनमा बस्नेहरुको संख्या ६ सय २७ जना रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ सय ६१ पुगेको छ ।

Total Page Visits: 98 - Today Page Visits: 2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *