दमक, झापा र बुद्धशान्तिमा कोरोना संक्रमितको मृत्यु

  • 183
    Shares

झापा । कोरोना संक्रमणबाट झापाका तीन जनाको निधन भएको छ । दमक नगरपालिका, बुद्धशान्ति र झापा गाउँपालिकाका व्यक्तिको मृत्यु भएको हो । झापाको दमकमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक नगरपालिका वडा नं २ का ३६ वर्षिय बिशाल विक रहेका छन् । दमक नगरपालिकाको कोभिड हस्पिटलबाट उपचारका लागि विराटनगरतर्फ लादै गर्दा उनको बिहान ११ बजे बाटैमा मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए ।

मृतकको लाशलाई अहिले कनकाई माईमा नेपाली सेनाले अन्त्येष्टि गरिरहेको उनले जानकारी दिए । दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या २७ पुगेको छ ।

त्यस्तै गएराति मेची प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएकी महिला बुद्धशान्ति गाउँपालिकाको भएको खुलेको छ । यसअघि मेचीनगर ७ ठेगाना भएको बताइएकोमा उनको घर बुद्धशान्ति गाउँपालिका ३ मा भएको गाउँपालिका स्वास्थ्य शाखाका भोला अधिकारीले बताए । ती महिलाको शव नेपाली सेनाले अन्त्येष्टि गरेको उनले बताए ।

बुद्धशान्तिमा पहिलोपटक कोरोना संक्रमितको मृत्यु भएको हो । झापामा आज तीन जनाको मृत्यु भएको छ । आजै झापा गाउँपालिका ५ की २४ वर्षिया गीता राजवंशीको धरानमा मृत्यु भएको छ । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ८१ पुगेको छ ।

Total Page Visits: 1092 - Today Page Visits: 1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *