ओलाङचुङगोला लोकमार्ग चाँडो सम्पन्न हुन्छ : पर्यटनमन्त्री भट्टराई

ताप्लेजुङ, २२ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले ताप्लेजुङको आर्थिक समृद्धिसँग जोडिएका उत्तर दक्षिण ओलाङचुङगोला लोकमार्ग र तमोर करिडोरको निर्माण चाँडो सम्पन्न हुने जानकारी दिनुभयो ।

फक्ताङलुङ गाउँपालिकाले आयोजना गरेको कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले यी दुई आयोजना जिल्लाको मात्रै नभई मुलुक कै समृद्धि र विकाससँग जोडिएका हुँदा छिटो भन्दा छिटो सम्पन्न गर्न सरकारले उच्च प्राथमिता दिएको बताउनुभयो ।

जिल्लाको सबैभन्दा विकट मानिने फक्ताङलुङ चीनको सीमा जोडिएको गाउँपालिका हो । यो गाउँपालिकामा पर्ने साविकको ओलाङचुङगोला गाविस चीनसंग जोडिएको छ ।

ओलाङचुङगोला स्थित टिपताला नाका हुँदै चीनको तिब्बत जोड्ने उत्तर दक्षिण लोकमार्ग आयोजना निर्माणाधीन छ । यो सडक आयोजना जोडिन करिब ८ किलोमिटर बाँकी रहेको ओलाङचुङगोला –७ का वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिनुभयो । व्यापारिक दृष्टिकोणले यो सडक आयोजना महत्वपूर्ण रहेको उनको भनाइ छ ।

आजै उनले तमोर नदीमा निर्माणाधीन मध्यतमोर जलविद्युत आयोजनाको समेत अवलोकन गर्नुभएको थियो ।

Total Page Visits: 52 - Today Page Visits: 1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *