बुद्धशान्तिका एक सहित झापामा ७६ जनामा कोरोना पुष्टि

  • 9
    Shares

झापा । पछिल्लो २४ घण्टाभित्र झापामा ७६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । संक्रमितमध्ये ३१ महिला र ४५ जना पुरुष छन् । सबैभन्दा बढी दमक नगरपालिकाका ४५ जना रहेका छन् ।
स्वास्थ्य कार्यालय झापाका अनुसार दमक नगरपालिकामा आज २० महिलासहित ४५ जनामा संक्रमण पुष्टि भएको हो । जसमा ४ वर्षेदेखि ८० वर्षका बृद्धसम्मलाई संक्रमण पुष्टि भएको छ । उनीहरु १, २, ५, ६, ७, ८ र ९ नम्बर वडाका बासिन्दा हुन् ।

यस्तै, कमल गाउँपालिकाका ११ जनामा संक्रमण पुष्टि भएको छ । ४ महिला र ७ पुरुषमा संक्रमण पुष्टि भएको हो । मेचीनगरका २ महिला र ४ पुरुष, बिर्तामोडका २ महिला र ३ पुरुष, गौरादहका १ महिला र २ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यसैगरी, शिवसताक्षीमा १ महिला र १ पुरुष, कनकाई, अर्जुनधारा र बुद्धशान्तिमा १-१ जना पुरुषमा संक्रमण भएको छ भने बाह्रदशी गाउँपालिकामा एक महिलामा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Total Page Visits: 685 - Today Page Visits: 1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *