तातोपानी नाका पुनःसुचारु

चौतारा । पटक पटकको अनेकन अवरोधपछि बिहीबारवाट नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी पुनः सञ्चालनमा आएको छ ।

औपचारिक रुपमा बुधबारदेखि सुरु भनिए पनि बिहीबार एक कन्टेनर सामग्रीसहित नाका सुचारु भएको हो । लामो समय बन्द रहेको तातोपानी नाका पछिल्लो पटक असोज १९ गते सञ्चालनमा आएको थियो ।

सामान आयात गर्ने केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि एक दिन सञ्चालनपश्चात् बन्द रहेको नाका शुक्रबारवाट थप सामग्री आयात हुने तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारि दिनुभयो ।

जुरे पहिरो र बिनाशकारी भूकम्पपछि ठप्प रहेको नाका केही महिना सञ्चालनपश्चात गत माघमा बन्द भएको थियो । चीनको वुहान प्रान्तमा कोरोना संक्रमण फैलिएको भन्दै चीनले सामाग्री निर्यात रोकेपछि गत माघ वाट चैत्र २६ सम्म वन्द रहेको नाका चैत्र २७ वाट पुनः सुचारु भएको थियो ।

वर्षाद सुरु भएयता भोटेकोशी नदीमा आएको बाढीले अरनिको राजमार्ग क्षतिग्रस्त भएपछि बन्द रहेको नाका सुचारु गर्न गत साता परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहितले स्थलगत अनुगमन गरी नाका सञ्चालनको पहल गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारि दिनुभयो ।

Total Page Visits: 29 - Today Page Visits: 2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *