जस्मिन बरालको ‘तिमी नै’ बजारमा

बुधबारे । झापा बुद्धशान्ति–१ की जस्मिन बराल गायन विधामा जम्न थालेकी छिन् । गायनलाई आप्mनो लक्ष्य ठानेकी जस्मिन यतिवेला सोहि विधामा आफूलाई अब्बल सावित गर्न मेहनत गरिरहेकी छिन् ।

परिवारबाट राम्रो साथ पाएकी जस्मिनले हालै बजारमा एक म्यूजिक भिडियो ल्याएकी छिन् । ‘तिमी नै’ बोलको म्यूजिक भिडियोमा उनले मोडलिङ पनि गरेकी छिन् । प्रेम भावमा लेखिएको तिमी नै बोलको गीत धेरैले रुचाएका छन् । सानै देखि गायनमा लागेकी उनी यस विधामा जम्न थालेकि छिन् ।

‘तिमी नै’ बोलको गीतमा उनको निक्कै राम्रो अभिनय पनि देख्न सकिन्छ । उनलाई म्यूजिक भिडियोमा आर्यन खरेल, विराज बाँस्कोटा र तिलक रिजालले साथ दिएका छन् । सुलभ घिमिरेको संगीतमा रहेको सो गीत प्रायुष घिमिरेले निर्देशन गरेका हुन् ।

Total Page Visits: 57 - Today Page Visits: 1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *