जयपुरमा धौलागिरी पारिजात सहकारीको सुपथ मूल्य पसल सञ्चालन

  • 28
    Shares

बुद्धशान्ति । झापाको बुद्धशान्ति–२ स्थित जयपुर चौकमा धौलागिरी पारिजात पहिलो सुपथ मूल्य सहकारी पसल संचालनमा आएको छ ।

शनिवार संचालनमा आएको सहकारी पसलको उद्घाटन बुद्धशान्ति–२ का वडाध्यक्ष दिलिप श्रेष्ठले गरेका थिए ।
यस सहकारी संस्थाले वि.सं. २०६४ साल देखी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएकोे छ । ग्राहकहरुको माग र आवश्यकतालाई ध्यानमा राख्दै जयपुर चौकमा सहकारी पसल संचालनमा ल्याएको संस्थाका अध्यक्ष कृष्ण पौडेलले बताए ।

करिव ५५ लाखको लगानीमा संचालनमा आएको सहकारी पसलमा बजार भन्दा केही सस्तो मूल्यमा सामान खरिद गर्न सकिने बताइएको छ । विर्तामोडमा मुख्य कार्यालय रहेको यस सहकारीले जयपुर, गोलधाप, बुधवारे, र लक्ष्मीपुर गरी ४ स्थानमा शाखा स्थापना गरेको अध्यक्ष पौडेलले जानकारी दिए ।

सहकारीका अध्यक्ष पौडेलको अध्यक्षता, वडाध्यक्ष श्रेष्ठको प्रमुख आतिथ्यता भएको कार्यक्रममा सहकारीका उपाध्यक्ष डिल्ली ओलीले स्वागत गरेका थिए । त्यस्तै वडाध्यक्ष श्रेष्ठ, जयपुर बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष घनश्याम भट्टराई लगायतले सहज रुपमा सहकारी पसल संचालनमा आओस् भनी शुभकामना दिएका थिए ।

जयपुरमा विगत ८ वर्षदेखी संचालनमा रहेको यस सहकारीले जयपुर, होक्से, देउराली, भेटेटार लगायतका स्थानीयबासीहरुको सुविधालाई मध्यनजर गर्दै सहकारी पसल संचालनमा आएको हो । सहकारीले सुपथ मूल्यको पसल संचालनमा ल्याएसंगै एक महिना अघि २ वटा शाखा समेत विस्तार गरेको बताइको छ । दुवै शाखाबाट अहिले वित्तिय कारोबार भई रहेको लक्ष्मीपुर शाखाकी कार्यालय प्रमुख कोपिला चौहानले जानकारी दिइन् ।

यस वर्ष जयपुरमा पसल संचालन गरिएको र प्रत्येक आर्थिक वर्ष झापाका विभिन्न २ स्थानहरुमा पसल संचालन गरिँदै लैजानले यसै सहकारीका टंक भण्डारीले बताएका छन् ।

Total Page Visits: 137 - Today Page Visits: 1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *