सामाजिक गतिविधिमा अगाडि सहारा नेपाल साकोस

  • 108
    Shares

बुद्धशान्ति । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्र बुधबारेले पत्रकार भेटघाट गर्दै आफ्ना गतिविधि सार्वजनिक गरेको छ ।

सेवा केन्द्र बुधबारेको आफ्नै सभाहलमा आयोजित पत्रकार भेटघाटमा एक बर्ष भित्र गरेका विभिन्न सामाजिक गतिविधिहरुबारे जानकारी गराइएको थियो ।

साहाले नेपाल सेवा केन्द्र बुधबारेले एक आर्थिक बर्ष ७६/७७ मा सदस्यको मृत्यु, श्रीमानको मृत्यु, सुत्केरी भत्ता, सर्पले टोकेको, घरआघलागी, कुकुरले टोकेको, बादरले टोकेको, हावाहुरिले घर भत्काएको, हात्तीले घर भत्काएको, काजकिरिया, सरहे जस्ता सामाजिक उत्तरदायीत्वका कार्यमा २० लाख बढी खर्च गरेको सेवा केन्द्र प्रमुख सागर ओझाले बताएका छन् ।

बुद्धशान्ति कार्यक्षेत्र भित्र रहेका १३ जना लाई ८००० का दरले एकल महिला भत्ता र हालै सदस्यको श्रीमानको मृत्यु भएको एक महिलालाई १,६०००० राहत स्वरुप उक्त रकम दिएको बुधबारे सेवा केन्द्र सहयोग समिति संयोजक विष्णु सापकोटाले बताएका छन् । उनले नाफा सम्पतिको केही भाग सामाजिक उत्तरादायित्वमा खर्च गर्दै आएको साहाराले आगामी दिनमा न्युन आय भएका परिवारलाई ध्यानमा राख्दै गाउँपालिकाको साझेदारिमा १ करोड रुपैयाँ बराबरको रकम सहयोग गरेर बिपन्नको घर बनाउने योजना रहेको सुनाए ।

उनले अब सहकारीको नयाँ नीति अनुरुप एकै प्रकृतिको सहकारीमा बस्न नपाइने भएकाले सदस्यले आफै मुलयान्कन गर्दै कुन सहकारी छ्नोट गर्ने आफै ध्यान दिन आग्रह गरे ।

त्यस्तै गाउँपाकिकाको साझेदारीमा जेष्ठ नागरिक चौतारिसमेत बनाएको छ । वडा नम्बर ४,६ र ७ मा १०/१० लाख साझेदारीमा भवन बनाइसकेको तर उद्घाटन गर्न बाकी रहेको र आगामी दिनमा सबै वडामा बिस्तार गर्दै लैजाले समेत सापकोटाले बताए । कार्यक्रममा सदस्य टीका पाठक, दुर्गा पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

बिर्तामोडमा प्रधान कार्यालय रहेको साहारा नेपालले आफ्ना सदस्यलाई विगतका वर्षहरुदेखि नै बार्षिक कार्यक्रम अनुसार परिवार राहत कार्यक्रम,सुत्केरी पोषण कार्यक्रम, दीर्घायु सदस्य भत्ता, एकल महिला भत्ता, एकल पुरुष सहयोग कार्यक्रम, खान पुगोस दिन पुगोस् कार्यक्रम, आश्रय कार्यक्रम, जिवन वरदान कार्यक्रम लगायतका कार्यक्रमहरु प्रदान गर्दै आएको बुधबारे सेवा केन्द्र प्रमुख ओझाले बताएका छन् ।

Total Page Visits: 305 - Today Page Visits: 1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *