आज एकैदिन झापामा ४१ जनामा कोरोना संक्रमण, बुद्धशान्तिका तीन जना, मेचीनगरका मेयरमा पनि संक्रमण

  • 8
    Shares

बुद्धशान्ति । पछिल्लो समय झापामा कोरोना संक्रमितको संख्या थपिँदै गएको छ । समुदाय तहमा संक्रमण फैलिएपछि संक्रमितको संख्या बढ्दै गएको हो ।

बिहिवार बुद्धशान्ति गाउँपालिकाका तीन जनामा सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार आज एकैदिन ४१ जना संक्रमित थपिएका छन् । १० महिला र ३१ पुरुषमा संक्रमण देखिएको कोरोना फाेकल पर्सन जीवन चौलागाईले बताए ।

सबैभन्दा बढी संक्रमित भद्रपुरमा भेटिएका छन् । त्यहाँ १४ जनामा सङ्क्रमण देखिएको छ । भद्रपुरका संक्रमितमध्ये ९ जना कैदीबन्दी छन् ।

मेचीनगरमा नगरप्रमुख विमल आचार्यसहित सात जनामा सङ्क्रमण देखिएको छ । बिर्तामोडमा दुई जना कर्मचारी र तीन जना स्वास्थ्यकर्मीसहित छ जनामा सङ्क्रमण देखिएको छ ।

दमकमा चारजना, अर्जुनधारा बुद्धशान्ति र कनकाई नगरपालिकामा तीन/ तीन जनामा सङ्क्रमण देखिएको छ । कनकाईका संक्रमितमध्ये दुईजना कर्मचारी हुन् ।

गौरादहमा एकजनामा संक्रमण देखिएको छ । नयाँ थपिएकासँगै झापामा संक्रमितको संख्या १ हजार १ सय ६७ पुगेको छ‌ । आजसम्म ९११ जना संक्रमित डिस्चार्ज भएका छन् ।

झापामा सक्रिय संक्रमितको संख्या २४४ रहेको काेराेना फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिए । झापामा काेराेना संक्रमणका कारण अहिलेसम्म १२ जनाको ज्यान गएको छ ।

Total Page Visits: 132 - Today Page Visits: 1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *