बलात्कारीलाई फाँसीको माग राख्दै झापामा प्रदर्शन

  • 3
    Shares

बिर्तामोड । बलात्कारका घटना न्यूनीकरण, अपराधीलाई कारबाहि तथा पीडितहरुको पक्षमा न्यायको माग गर्दै झापाको बिर्तामोडमा शनिबार शान्तिपूर्ण र्याली सम्पन्न भएको छ ।

नवौँ बिश्व बालिका दिवसको अवसर पारेर आयोजना गरीएको र्यालीमा झापा भरीका तीन सय बढी युवायुवतीहरु सहभागी रहेको थियो ।

बलात्कारिलाई फाँसी दे , म छोरी हुँ बोझ हैन म नारी हुँ कमजोर छैन , मेरो शरीर मेरो इच्छा लगायतका प्लेकार्ड सहित प्रदर्शनमा निस्किएका युवाहरुले राज्यको न्यायप्रणाली कमजोर रहेका कारण बलात्कार जस्तो जघन्य अपराध नियन्त्रण हुन नसकेको भन्दै सरकारप्रति आक्रोस समेत पोखेका छन् ।

बलात्कार घट्ना बढिरहँदा अपराधिहरु भने खुलमखुल्ला हिँडीरहेकोले उनीहरुको पहिचान गरी कानुनी कठघरामा ल्याउन सहभागीहरुले सरकारको ध्यानाकर्षण गरेको लेट्सराईज आवर भोईस टुगेदरकि प्रतिनीधि समिरा मैनालीले बताएकी छिन् ।

Total Page Visits: 48 - Today Page Visits: 1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *