बलात्कारविरुद्ध साङ्केतिक बिरोध गर्दै फेसबुक प्रोफाइल ब्ल्याकआउट

  • 66
    Shares

झापा – पछिल्लो समय बलात्कारका घटनाहरु दिनानुदिन बढिरहँदा सामाजिक सञ्जालमा महिलाहरुले साङ्केतिक बिरोध गर्दै प्रोफाइल फोटो ब्ल्याकआउट गरेका छन् ।

महिला चेलीबेटीको जीवन बलात्कारीले अँध्यारो बनाइदिएको भन्दै आक्रोशित युवती, महिलाहरुले आफ्नो फेसबुक ब्ल्याक आउट गरेका हुन् । उनीहरुले ‘नारीबिना यो संसार मेरो प्रोफाइल जस्तै अँध्यारो छ’ भन्ने सन्देशसमेत लेखेका छन् ।

पछिल्लो दिनमा नेपालमा बालिका बलात्कार, हिंसा र सामुहिक बलात्कारका घटना बढेको छ । केही घटनाहरु त यति दर्दनाक छन्, कि मानवताको धज्जी नै उडाएको छ । बलात्कारीलाई कडा सजायको माग गर्दै महिला, युवतीहरु अहिले सामाजिक अभियान छेड्ने क्रममा छन् । उनीहरुले बलात्कारका घटना रोक्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउन खोजेका छन् । केहीले भने बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने माग गरेका छन् । जुन माग अहिले सरकारको माथिल्लो तहमासमेत बहसको विषय बनेको छ ।

गत वर्ष पनि निर्मला पन्तको हत्यारालाई सजाय माग गर्दै सामाजिक सञ्जाल ब्ल्याक आउट गरिएको थियो ।

Total Page Visits: 305 - Today Page Visits: 1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *