गीतकार अच्युत नेपालको ‘ताप्लीको रानी पोखरी’ सार्वजनिक

झापा । गीतकार अच्युत नेपालको ‘ताप्लीको रानी पोखरी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । यस अघि नै विभिन्न गीत लेखेर चर्चामा आएका गीतकार नेपालको यो गीत अडियो भर्सनमा सार्वजनिक भएको हो ।

गीतकार अच्युत नेपालको केही समय अघि मात्र असारे गीत समेत सार्वजनिक भएको थियो । अडियो भर्सनमात्र सार्वजनिक भएको उक्त गीतमा डिबी खड्का, स्मृति शाही, प्रिती बि खत्री, स्मिरिका पन्त लगायतका गायक गायिकाको आवाज रहेको छ ।

गीतमा नाराद सुवेदी र डिबी खड्काको संगीत सुन्न सकिन्छ ।गीतलाई देवेन्द्र नेवाले एरेञ्ज गरेका हुन् । गीतमा गायक खड्काले नै संगीत दिएका छन् । एकस्टिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई देवेन्द्र नेवाले एरेञ्ज गरेका छन् । गीतलाई प्रकाश मिश्रले मिक्सिङ गरेका हुन् ।

सिपा नेपाल ईन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा चर्चित गायिका अञ्जु पन्त र गायक तथा संगीतकार डिबी खड्काको आवाज रहेको छ ।

गीतकार नेपालको यसपछि अर्को नयाँ गीत पनि सार्वजनिक हुने तयारीमा रहेको छ । ‘पहिचान’ बोलको उक्त गीतमा स्मृति शाहीको आवाज रहेको गीतकार नेपालले जानकारी दिएका छन् ।

Total Page Visits: 57 - Today Page Visits: 1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *