बुधबारे बजार ब्यवस्थापनका लागि कृषि संकलन केन्द्र तथा टहरा निर्माण गरिने

  • 94
    Shares

बुधबारे । बुद्धशान्ति गाउँपालिकाको १ सय २८ औं कार्य पालिका बैठक आज सम्पन्न भएको छ । बैठकले विभिन्न निर्णय गरेको छ ।

बैठकले ४० लाख रुपैयाँबाट बुधबारे बजार ब्यवस्थापनका लागि कृषि संकलन केन्द्र तथा टहरा निर्माण गर्ने निर्णय गरेको छ।

सो रकम नेपाल सरकारको ससर्त अनुदान अन्तर्गत लागत साझेदारी कृषि संकलन केन्द्र तथा बजार पूर्वाधार निर्माणका लागि बिनियोजित रु २० लाख, गाउँपालिकाकाे स्थानीय साझेदारी काेषबाट रु १० लाख र गोसलाइन टहरा निर्माणका लागि बिनियोजित बजेटबाट रु १० लाख रहने गरि निर्णय भएको कार्यपालिका सदस्य समेत रहेकी बुद्धशान्ति गाउँपालिकाकी प्रवक्ता भगवती नेउपाने बताइन् ।

अाजकाे बैठकले बुद्धशान्ति ४ मा पर्ने टिमाई शिविर क्षेत्रमा निर्माणाधिन कृषि उपज बजार रेखदेखका लागी बुद्धशान्ति ४ का वार्ड अध्यक्ष बुद्धिमान लिम्बूको संयोजकत्वमा अन्य सबै वार्डका वडाध्यक्ष सदस्य रहने गरि रेखदेख समिति गठन गरिएको प्रवक्ता नेउपानेले जानकारी दिइन् ।

बैठकले वार्ड नम्बर ४ को कार्यालय भवन निर्माणका लागि ठेक्का लगाउने निर्णय पनि गरेको छ । साथै ५ सैयाको बुद्धशान्ति अस्पतालको स्तर वृद्धि गरि २५ सैयाको अस्पताल बनाउन पालिकासँग प्रयाप्त जग्गा नभएकोले स्वास्थ्य भवन पूर्वाधारको डिजाइन तथा निर्माण सम्बन्धि निर्देशिका २०७३ मा भएको ब्यवस्था बमोजिम आवश्यक जग्गा निशुल्क प्रदान गर्न चाहनेका लागी खामबन्दी दर्खास्त आवहानका सूचना प्रकाशित गर्ने निर्णय भएको छ ।

Total Page Visits: 293 - Today Page Visits: 1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *