सीपीएल : सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै २ विकेट लिए पनि टिमकाे हार

काठमाण्डौ – क्यारेबियन प्रिमियर लिग सीपीएलमा नेपालका सन्दीप लामिछाने आबद्ध जमैका तालवाज गुयाना अम्याजन वारियर्ससँग १४ रनले पराजित भएको छ । गुयानाले १९ ओभर एक बलमा अलआउट हुँदै जम्मा एक सय १८ रन बनायो ।

सन्दीपको टिमले एक सय १९ रनको लक्ष्य पनि पूरा गर्न सकेन । उसले २० ओभरमा सात विकेट गुमाएर एक सय चार रन मात्रै बनाउन सक्यो । जमैकाका आन्द्रे रसेलले ५२ रन बनाए पनि अरुले राम्रो रन जोडन सकेनन् ।
गएरातिको खेलमा सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । उनले चार ओभरमा मात्र ८ रन दिएर दुई विकेट हात पारे । जारी सीपीएलमा सन्दीपको यो चौथो विकेट हो ।

तीन खेलमा दुई हार बेहोरेको सन्दीपका टिम पुछारबाट दोस्रो स्थानमा छ । तीन खेलमा दुई खेल जितेको वारियर्स शीर्ष स्थानमा छ ।

Total Page Visits: 71 - Today Page Visits: 1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

2 thoughts on “सीपीएल : सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै २ विकेट लिए पनि टिमकाे हार

  1. I love this Ulysse Nardin GMT Perpetual watch very much. It’s a nice everyday watch.

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *