विपन्नको सहारा बन्दै र्‍याच फेमिली ट्रष्ट

बुद्धशान्ति तीर्थ तिम्सिना – र्‍याच फेमिली ट्रष्ट नामक सामाजिक संस्थाले झापाको मेचीनगरका विपन्न परिवारलाई राहत सामाग्री वितरण गरेको छ ।

र्‍याच फेमिली ट्रष्ट दुवईको आर्थिक सहयोगमा मेचीनगर नगरपालिका वडा नम्बर २, ३ र ४ का विपन्न १६० घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ ।

बिश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने सामान्य तथा अति विपन्न परिवारलाई दुई छाक टार्न समस्या परिरहेको बेला झापा बुद्धशान्ति निवासी हाल दुवईमा रहेकी नविना विश्वकर्माको नेतृत्वमा रहेको र्‍याच फेमिली ट्रष्टले राहत स्वरुप खाद्यन्न सामग्री वितरण गरेको हो ।

र्‍याच फेमिली ट्रष्टले दिपज्योती टोल विकास संस्था मेचीनगर वडा नम्बर २ र मेचीनगर वडा नम्बर ४ वडा कार्यालयको संयोजनमा बुधबार विपन्न १६० परिवारलाई राहत स्वरुप खाद्यन्न सामग्री घर घरमा नै पुर्याएर वितरण गरेको छ ।

ट्रष्टले मेचीनगर–४ का विपन्न ६० घर परिवारलाई राहत स्वरुप प्रत्येक परिवार १५ केजी चामल, १ केजी दाल, १ पोका खानेनुन, १ लिटर खानेतेल र १ केजी चिनी उपलब्ध गराएको थियो ।

त्यसैगरी मेचीनगर– २ र ३ मा १०० घर परिवारलाई राहत स्वरुप प्रत्येक परिवार १५ केजी चामल, १ केजी दाल, १ पोका खानेनुन, १ लिटर खानेतेल, १ केजी चिनी र १ वटा नुहाउने साबुन उपलब्ध गराएको थियो ।

दिपज्योती टोल विकास संस्था मेचीनगर–२ का अध्यक्ष धनबहादुर राईको अध्यक्षतामा आयोजित राहत वितरण कार्यक्रममा मेचीनगर–४ का वडा सदस्य विनोद रञ्जितकारको प्रमुख आतिथ्यता रहेको थियो । दपज्योती टोल विकास संस्थाका जेष्ठ नागरिक ज्ञानबहादुर कालिकोटे, ललित बहादुर प्रधान, जितबहादुर राईलगायतको आतिथ्यता रहेको थियो । यस संस्थाले यसअघि झापाको बुद्धशान्ति गाउँपालिकामायस समेत राहत सामग्री सहयोग गरेको थियो ।

Total Page Visits: 57 - Today Page Visits: 1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *