मलको अभाव हुँदा झापाका कृषक समस्यामा

  • 112
    Shares

तीर्थ तिम्सिना,

बुद्धशान्ति – धानको सुपरजोनको जिल्ला  झापामा अहिले युरिया मलको अभाव भएको छ ।

विश्व अहिले कोभिड १९ को अत्यन्त विषम परिस्थीतीबाट गुज्रीरहेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारणले गर्दा नेपाल सरकारले कोरोना भाइरस फैलिन नदिन चैत ११ गतेबाट गरेको बन्दाबन्दी १२० दिनपछि श्रावण ७ गतेबाट अन्त्य भएपनि देश पुर्ण रूपमा सहज तरिकाले खुल्न नसकेको कारण युरिया मलको अभाव भएको हो ।

कोरोना भाइरसको प्रभावका कारण भारतसँगको नाका बन्द भएका कारण मल सहज रुपमा आयातीत हुन सकेको छैन । धान रोपाइँ सकिएसँगै झापामा युरियाको माग ह्वातै बढेको पाइन्छ । अहिले लगाएको धानमा तीन चरणमा गरेर युरिया लगाउनुपर्ने हुन्छ ।तर, मल अभाव भएका झापाली कृषक चिन्तित भएका छन् ।

बुद्धशान्ति -३ का एक कृषक धान बारिमा धान गोड्नलाई तयारी गर्दै थिए । उनले भने-रोप्दा जसोतसो मल हालेर रोपे । तर, गोड्ने बेला भो मल पाईएन । गोड्ने बेला नि बिति सक्यो मल नपाएर समस्या भयो, उनलेे सुनाए।

उनले मात्र होईन अर्का सोही ठाँउका कृषकको नि गुनासो उहि थियो । धान पसाउने बेला भइसको तर अहिलेसम्म मल हाल्न पाएको छैन । यसपालि त साहुलाई नि दिन नपुग्ला जस्तो छ । उनले भने-मलको व्यवस्था स्थानीय सरकारले जसरी भएनी गरिदिनु पर्यो । नत्र कृषकका लागि केही राहतको व्यवस्था गरिनु पर्यो ।

यो समस्या बुद्धशान्तिका कृषकको मात्र होईन । झापाको अर्जुनधारा, मेचिनगर तथा अन्य पालिकाका अधिकांश कृषकहरुको साझा समस्या हो । यतिबेला झापामा धानमा हाल्ने मलको अभाव भएको छ । कृषिकहरुले मल किन्न नपाउदा गोड्न लागेको धान खेतिमा मल लगाउन नपाएका हुन् ।

आधिकारिक दर्ता भएर विर्तामोडको कृषि सामाग्री कम्पनीबाट मल ल्याएर विक्री वितरण गर्द आएको बुद्धशान्तिको न्यु कन्चन कृषि सहकारीमा महिना दिन देखी यता मल खोज्नेको भिड लाग्ने गरेको छ । तर बिक्रीका लागी ल्याइने ठाँउमै मल अभाव भएकाले किसानलाई मल दिन नसकीरहेको उक्त सहकारीका अध्यक्ष इश्वरिराज ढकालले बताएका छन् । उनले किसानलाई मलको अभाव हुन नदिनको लागि स्थानीय निकायलाई समेत मल व्यवस्थापन गर्न अनुरोध गर्दै गरेको बताएका छन् ।

यतिबेला धान उत्पादनको लागि मल अति आवश्यक भएको र प्रदेश १ मात्रै नभएर देशभरि नै मल अभाव भएको बुद्धशान्ति गाउँपालिका कृषिबिकास शाखा प्रमुख कृष्ण ढुंगेलले बताएका छन् । उनले यसबारे सम्बन्धि निकायमा पहल गर्दै गरेको सुनाएका छन् ।

तर, बजारमा रासायनिक मल अभाव भएतापनी झापाका केही पालिकाहरुमा मलको कालाेबजारी समेत बढेको छ । समयमा युरिया मल अभाव हुँदा कृषकले सरकारी अड्डा दैनिक धाउँदा पनि मल नपाएपछि दोब्बर सम्म मूल्य लगाएर मल किन्न बाध्य भएका छन् । कोरोना भाइरसको प्रभावका कारण भारतसँगको नाका बन्द भए पनि भारतबाट नै आयातीत मल किसानले किन्न बाध्य भएका छन् ।

कृषि सामग्री कम्पनी र साल्ट ट्रेनिङ कर्पोरेसन झापाले युरिया, डिएपीलगायत रासायनिक मल कृषि सहकारीमार्फत बिक्री गर्दै आएका छन् । तर, पछिल्लो समय देशमै अभाव भएको भन्दै बिर्तामोडमा रहेका यी दुई संस्थानले मल दिन छाडेपछि किसानलाई समस्या परेकाे छ ।

Total Page Visits: 286 - Today Page Visits: 1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *