नापोलीलाई हराउँदै बार्सिलोना क्वाटरफाइनलमा

  • 9
    Shares

काठमाडौं । कप्तान लियोनल मेसीको प्रेरणादायी प्रदर्शनमा स्पानिस क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको प्रिक्वाटरफाइनल दोस्रो लेगमा इटालियन क्लब नापोलीलाई ३-१ ले पराजित गर्दै बार्सिलोनाले समग्रमा ४-१ को जित हात पारेको हो । नापोलीको मैदानमा भएको पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो ।

क्याम्प नाउमा भएको दोस्रो लेगमा बार्सिलोनालाई सहज जित दिलाउन कप्तान लिओनल मेसी, क्लेमेन्ट लेङलेट र लुइस सुआरेजले गोल गरे ।

घरेलु मैदानमा भएको खेलमा लेङलेटले १०औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । २३औं मिनेटमा मेसीले उत्कृष्ट गोल गर्दै बार्सिलोनाको अग्रता दिलाए ।

३०औं मिनेटमा मेसीले गोल अर्को गोल गरेका थिए । तर भिएआरले उक्त गोललाई मान्यता दिएन । पहिलो हाफको इन्जुरी टाइममा सुआरेजले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ३-० को अग्रता दिलाए । पहिलो हाफको इन्जुरी टाइममा नापोलीले पनि पेनाल्टी पायो र त्यसमा लरेन्जो इनसिग्नेले गोल गरे ।

तर दोस्रो हाफमा दुवै टिमबाट गोल भएन र बार्सिलोनाले ३-१ ले खेल जित्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । बार्सिलोनाले लगातार १३औं पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो ।

पाँच पटकको च्याम्पियन बार्सिलोनाले अब क्वाटरफाइनलमा जर्मन च्याम्पियन बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्नेछ ।

Total Page Visits: 110 - Today Page Visits: 1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *