टोल सम्मान गर्दै इलाम सूर्याेदय नगरपालिका

  • 26
    Shares

प्रबिन बिसि, इलाम – इलाम सूर्याेदय नगरपालिकाको १४ वटा वडा भित्र पर्ने बिभिन्न टोलहरु मध्ये आज नगर हल भित्रै सर्बोत्कृस्ट एउटा टोललाई सम्मान गरेकोे छ ।

आर्थिक वर्ष २०७७/७८ को वार्षिक नगर बिकास योजना सार्वजनिक कार्यक्रमको अवसरमा नगरले वडा नम्बर १३ को किरण टोल संस्था सर्बोत्कृस्ट टोल बिकासहरुमा छनोट गरेकोे छ ।

कार्यक्रममा नगर प्रमुख रणबहादुर राईको सभपतित्व तथा प्रदेश न.१ का भूमि व्यवस्था , कृषि तथा सहकारी राज्यमन्त्री राम बहादुर रानाको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा नगरप्रमुख राई, राज्यमन्त्री राना तथा प्रमुख प्रशासकिय अधिकृत प्रकाश राज पौडेल द्वारा किरण टोलका अध्यक्ष बिशाल बिसिलाई प्रमाण पत्र दोश्ल्ला सहित नगत ५ हजार नगद सहित सम्मान गरेकोे हो।

पछिल्लोसमय टोलहरुमा गरिने बिकासोन्मुख कर्यशैलिले वडा तथा नगरलाई कार्ययोजना बनाउन सजिलो भएकोे र आफ्न्नो टोलको जिम्मावरी र परिवर्तनबादी स्वयम टोलबासी नै हुनु पर्न्न राज्यमन्त्री मन्त्री रानाले बताउन्नु भएको थियो ।
एउटा सफल टोल निर्माणले अरु लाखौं टोलहरुको उदाहरणीय बन्नका साथै , रचनात्मक कर्यले नगरलाई थप सहज हुने बताउँदै किरण टोल बासिलाई नगर प्रमुख राई द्वारा शुभकामना व्यक्त गर्न्नु भएकोे थियो । उता टोलमा रचनात्मक र सरसफाइको ढाँचामा डोकाको डश्बिन अन्य टोलहरुमा नयाँ पहिचान लिएकोले पनि टोल सम्मान भएकोे अध्यक्ष बिसाल बिसिले बताउनु भएको छ ।

Total Page Visits: 92 - Today Page Visits: 1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *