झापामा निर्माणाधिन पोखरीमा डुवेर तीन जना बालकको मृत्यु

  • 69
    Shares

भद्रपुर / झापाको भद्रपुरमा तीन जना बालकको डुबेर मृत्यु भएको छ। तीन जना बालकको मृत्यु भएसँगै गाउँ नै शोकमा डुबेको छ।

भद्रपुर नगरपालिका–२ पृथ्वीनगरस्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माणस्थलमा खनिएको पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार मृत्यु हुनेमा भद्रपुर–२ डिगाउँ बस्ने अनिल तामाङको १० वर्षका छोरा अङ्कुश तामाङ, साबिक गरामनी गाविस हाल भद्रपुर–२ बस्ने कमला थामीका दुई जना छोरा १२ र १४ वर्षका करण र अर्जुन थामी छन् ।

मृतक तामाङ एसियन स्टार बोडिङ स्कुल र थामी दाजुभाइ सगरमाथा माविमा अध्ययनरत थिए। प्रहरीका अनुसार कसैलाई नभनी उनीहरु बुधबार दिउँसो कमलधाप पर्यटन तथा सिमसार क्षेत्रमा पुगेका हुन् ।

बुधबार साँझ तामाङको शव पोखरीमा डुबेको अवस्था फेला परेको थियो। बिहीबार बिहान थामी दाजु भाइको शव त्यही पोखरीमा फेला पारेको डिएसपी थापाले जानकारी दिए।

Total Page Visits: 289 - Today Page Visits: 2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *