बुद्धशान्तिमा पहिलो पटक सामुदायिक तथा निजी विद्यालयका शिक्षकलाई तालिम

  • 64
    Shares

बुधबारे । बुद्धशान्तिका सामुदायिक तथा निजि बिद्यालयका शिक्षकहरुलाई बुद्धशान्ति गाउँपालिका शिक्षा शाखाले तालिम प्रदान गरेको छ ।

नेलटा झापाकाे प्राबिधिक सहयोगमा भएको तालिममा विभिन्न ६ वटा विषयवस्तुमा दैनिक तीन घण्टाको दरले तालिम संचालन गरिएको थियो । तालिम आज समापन भएको छ । तालिममा प्रशिक्षकहरु धर्मेन्द्र भट्टराई, टीका प्रसाद सुवेदी,जेनि राई, केशव प्रसाद उप्रेती, लोकबहादुर खत्री, गुणराज नेपाल र टंकप्रसाद भट्टराईले प्रशिक्षण दिनुभएको थियोे ।

जुम एप्लिकेसनको प्रयोग गरेर सञ्चालन गरिएको तालिममा
बुद्धशान्ति गाउँपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरुको सहभागी रहेकाे थियाे । तालिममा दैनिक ३ सय देखि ४ सय शिक्षकहरुको सहभागी रहने गरेकाे थियाे ।

‌तालिमको उद्घाटन शिक्षा शाखा प्रमुख कमलप्रसाद निरौलाले गर्नुभएको थियाे । तालिम प्रभावकारी र लाभदायक भएको सहभागीको प्रतिक्रिया छ । सरकारी तथा निजी विद्यालयका शिक्षकहरु एकैसाथ तालिममा सहभागी भएको बुद्धशान्तिमा पहिलो पटक रहेको शिक्षा शाखा प्रमुख कमल प्रसाद निरौलाले बताउनु भयो ।

विभिन्न विद्यालयहरुले प्रोजेक्टर र स्माट टीभी मार्फत् तालिममा सहभागिता जनाएका नेलटा झापाका अध्यक्ष धर्मेन्द्र भट्टराईले जानकारी दिनुभयाे । उहाँले आगामी दिनमा पनि पालिकासँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तालिमको समापन समारोहमा शिक्षा शाखा प्रमुख निरौलाले तालिम अत्यन्तै प्रभावकारी भएको र धेरैभन्दा धेरै शिक्षकहरुलाई एकैठाउँमा तालिम दिन सकेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले शिक्षकलाई तालिम आवश्यक भएको भन्दै आगामी दिनमा सरकारी तथा निजी विद्यालयका शिक्षकहरु एकैसाथ तालिममा सहभागी गराउने बताउनु भयो । तालिम ६ दिन सम्म चलेको थियो ।

Total Page Visits: 382 - Today Page Visits: 1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *