काेराेनाले अमेरिकामा गम्भीर समस्या

काठमाण्डौ – अमेरिकाको १६ राज्यमा कोभिड–१९ सङ्क्रमणको दरमा वृद्धि भएपछि अमेरिकी सङ्क्रामक रोग प्रमुख डाक्टर एन्थनी फाउचीले देश एक ‘गम्भीर समस्या’ मा रहेको बताए ।

डाक्टर फाउचीले सङ्क्रमणको दर घटाउन धेरै कुरा गर्न सकिने बताए । अमेरिकामा शुक्रबार एकैदिन ४० हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण देखिएको थियो ।

जोन्स हप्किन्स विश्वविद्यालयले शुक्रबार सङ्क्रमतिको सङ्ख्या ४० हजार एक सय ७३ बताएको थियो, यो सङ्ख्या एकैदिन सङ्क्रमित हुनेमध्ये अहिलेसम्मकै धेरै हो ।

अमेरिकामा अहिलेसम्म २४ लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक लाख २७ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

शुक्रबार भएको ह्वाइट हाउस टास्क फोर्सको पत्रकार सम्मेलनमा एसम्प्टोम्याटिक (स्पर्शाेन्मुख) हुनेबित्तिकै कोरोना भाइरसको परीक्षण गराउन युवासँग अपिल गरिएको थियो ।

Total Page Visits: 113 - Today Page Visits: 1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *