सरोज निरौला, पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ४ र ९ को सिमानाको होलीमा पुल नबन्दा स्थानीय समस्यामा परेका छन् ।
वडा नम्बर ४ र ९ लाई जोड्ने होलीमा पुल बनाउन सम्वन्धित निकायले चासो नदेखाए पछि स्थानीयले गुनासाे राखेका छन् । सो स्थानमा पुल नबनेपछि अावतजावत गर्न पनि समस्या भइरहेकाे छ ।
त्यति मात्र होइन एम्बुलेन्स लगायत अन्य सवारीसाधन सञ्चालमा अवरोध भएको, साप्ताहिक हाटबजार र वडा कार्यालय सम्म जान समस्या परेको, बर्खाको समयमा हिड्न समस्या परेको स्थानीयकाे गुनासो छ।
बर्षौ देखि पुल बन्छ भन्ने आशा राखेका स्थानीयले हाल सम्म पनि पुल नबने पछि पुल निर्माण गरिदीन माग राख्दै ४ र ९ नम्बर वडा कार्यालयलाई संयुक्त निवेदन पेश गरेका छन् । निवेदन बुझदै वडा नम्बर ४ का वडाध्यक्ष गोविन्द बहादुर भण्डारी र वडा ९ का वडाध्यक्ष भानुभक्त राईले जति सक्दो छिटो पुल बनाउन वडामा छलफल गरि नगरपालिका समक्ष पहल गर्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?